• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

धनगढी ।महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) योजना अन्तर्गत पर्ने दार्चुला जिल्लामा ३० किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । यहाँको कालोपत्रे गरिने सडकखण्डलाई तीन प्याकेजमा विभाजन गरेर कालोपत्रे गर्नुपूर्व गरिने काम सुरु गरिएको हो ।

योजनाका सूचना अधिकारी एवं इन्जिनियर रामचन्द्र जैसीका अनुसार दार्चुला जिल्लामा पर्ने सलेतीदेखि बेतखण्डको १२.३ किलोमिटर र खलङ्गादेखि सुन्सेरा खण्डको १८.५ किलोमिटर सडकखण्डमा ब्याक कटिङ, भुइँ तह, सहायक तह र मुख्य आधार तह निर्माण गर्ने कार्य सुरु गरिएको छ । ४९ करोड १० लाख १३ हजार ७१३ रुपियाँमा २०७९ साल असार २० गते निर्माण कम्पनीसँग सम्झौता गरिएको हो । सो सडकको यस वर्षदेखि कालोपत्रेको काम सुरु भएको उहाँले बताउनुभयो ।

सलेतीदेखि बेतसम्मको सडक कालोपत्रे गर्ने काम राजेन्द्र निर्माण सेवाले गरिरहेको छ भने खलङ्गादेखि चल्लेगडा खण्ड र चल्लेगडादेखि सुन्सेरासम्मको सडकखण्ड कालोपत्रे गर्ने काम सिएबी ग्वाल्लेक जेभीले गरिरहेको उहाँले जानकारी दिनुभयो ।

चल्लेगडा–सुन्सेरा सडकखण्ड कालोपत्रे गर्नका लागि ४२ करोड ६८ लाख ४० हजार ७३३ रुपियाँको ठेक्का टेन्डर भएको उहाँले बताउनुभयो । सलेती–बेत सडकखण्डमा ५३ प्रतिशत, खलङ्गा–चल्लेगडा सडकखण्डमा ५६ प्रतिशत र चल्लेगडा–सुन्सेरा सडकखण्डमा २५ प्रतिशत भौतिक प्रगति भएको पनि उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८२/८३ मा १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको तथा बजेट न्युन रहेको उहाँले बताउनुभयो । कार्यालयलाई यस वर्ष २२ करोड ९७ लाख रुपियाँ विकास बजेट प्राप्त भएको बताइएको छ । कार्यालयलाई एक अर्ब ४९ करोड ठेक्का दायित्व रहेको उहाँले बताउनुभयो ।

कोरिडोरले कञ्चनपुरको ब्रह्मदेवदेखिमहाकाली किनार हुँदै डडेलधुराको परशुराम नगरपालिका, भागेश्वर गाउँपालिका, बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र दार्चुलाको लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका, दुहुँ गाउँपालिका हुँदै ब्यास गाउँपालिकाको टिङ्कर नाकासम्म छोएको छ ।

सोमबार, कार्तिक १७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.