धनगढी । धनगढी उपमहानगरपालिका–४ मिलनचोकका दुई होटलबाट यौन धन्दामा संलग्न १० जना पक्राउ परेका छन्।
मिलनचोकका होटलहरुमा अनैतिक कार्यभइरहेको भन्ने सूचनाको आधारमा हिजो १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले बताए ।
सिंहका अनुसार बैतडी सिगास होटल र जेनिस होटलमा ५/५ जना गरी १० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुरुष र महिला दुवै रहेका छन्। प्रहरीले उनीहरूको नाम र ठेगाना सार्वजनिक गरेको छैन। प्रहरीले सो घटनाबारे होटल सञ्चालक र संलग्न व्यक्तिमाथि कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।