बैतडी, २४ असोज / सुर्नया गाउँपालिकामा आज बिहान ११ बजे सुरु हुने भनिएको सार्वजनिक सुनुवाइ कार्यक्रम समयमा हुन सकेको छैन। जनताले मागेका सुचना उपलब्ध गराउन नसके पछि जनताहरू आक्रोशित बन्दै सार्वजनिक सुनवाई समयमै हुन नसकेको हो।
कार्यक्रम ढिलो हुनुको कारण स्थानीय नागरिक र युवाहरूले माग गरेको सूचना नदिएको बताइएको छ।
जनताले गाउँपालिकाका अध्यक्षसँग विभिन्न योजनाहरूको विवरण, बिल–भौचर र खर्चका प्रमाण मागेका थिए, तर सो सूचना नआएपछि नागरिकहरू असन्तुष्ट बनेका छन्।
युवाहरूले गाउँपालिका अध्यक्षलाई चेतावनी दिँदै भनेका छन्
“हामीले गाउँपालिकालाई एक घण्टाको समय दिएका छौं।
यदि सो समयमा माग गरिएको सूचना नआए, तालाबन्दी गरी राजिनामा सम्म चुनौती दिएको युवा राजन भट्टले जानकारी दिए।
११ बजे तोकिएको कार्यक्रम १ बजेर बढि हुँदा सम्म पनि सञ्चालन हुने नहुने अन्यौलमा रहेको छ।