• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलाली उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

धनगढी । कैलाली उद्योग वाणिज्य संघको ५१ औं साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा व्यवसायीबीच चुनावी सरगर्मी बढेको छ । यही असोज २५ गते हुने निर्वाचनका लागि दुई मुख्य समूह र केही स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

सुदूरपश्चिमकै पुरानो र प्रभावशाली व्यवसायिक संस्था मानिने कैलाली उद्योग वाणिज्य संघमा यसपटक अध्यक्षदेखि सदस्यसम्मका पदमा उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ । अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन् । साथै, पदाधिकारी र सदस्य पदका लागि ६ जना व्यवसायीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ता भएपछि दुवै समूहका उम्मेदवारहरू मतदाताको घरदैलो पुगेर समर्थनका लागि आग्रह गरिरहेका छन् । बिहानदेखि बेलुकासम्म उम्मेदवार र उनका समर्थकहरू उद्योगी–व्यवसायी भेटघाटमा व्यस्त छन्। चुनावी सभाहरू, मतदाता भेट कार्यक्रम र सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार तीव्र भइरहेको छ ।

अध्यक्ष पदका उम्मेदवार पुष्करराज ओझाले आफ्नो टिममा सबै क्षेत्रका सक्रिय व्यवसायीलाई समावेश गरिएको बताउँदै आगामी कार्यकालमा व्यवसाय प्रवद्र्धनका ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

अर्का अध्यक्ष पदका उम्मेदवार रुपेश स्वाँरले आफू व्यवसायीहरूको सुझाव र मागका आधारमा उम्मेदवार बनेको बताए । एक पटक अध्यक्ष पदमा पराजित भइसकेका स्वाँरले यसपटक न्याय हुने र विजयी हुने बताए ।

कैलाली उद्योग वाणिज्य संघका २ हजार २ सय ७४ जना सदस्यले यसपटक मतदानमा सहभागी हुनेछन्। संघमा आवद्ध व्यवसायीहरूको ठूलो संख्याका कारण यो निर्वाचन स्थानीय व्यापारिक समुदायमा आमनिर्वाचनको जस्तो माहोल ल्याएको छ। धनगढीका होटल, पसलदेखि व्यापारिक प्रतिष्ठानसम्म अहिले चुनावकै चर्चा छ ।

बिहिबार, असोज २३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.