• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सरकारी कामकाजका लागि प्रभावकारी बन्दै हुलाक सेवा

धनगढी । जिल्ला हुलाक कार्यालय, कञ्चनपुर सरकारी कामकाजका लागि प्रभावकारी बन्दै गएको छ । हुलाक सेवामार्फत सरकारी चिठ्ठी पत्र, रजिष्ट्री चिठ्ठी पत्र दर्ताको काम बर्सेनि बढ्दै गएको छ भने व्यक्तिगत चिठ्ठी पत्र आदान–प्रदानको कार्य भने घट्दो क्रममा रहेको छ । जिल्ला हुलाक कार्यालय कञ्चनपुरमा पछिल्लो पाँच वर्षमा एक लाख ७० हजार ५८७ हुलाक वस्तु आयात तथा निर्यात गरिएका छन् ।

हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी भोजराज भट्टका अनुसार गत आर्थिक वर्ष २०८१र०८२ मा ३३ हजार ११३ हुलाक वस्तु आयात तथा निर्यात गरिएका छन् । जसमा १३ हजार २७७ रजिष्ट्री चिठ्ठी, १० हजार ५३४ रजिष्ट्री चिठ्ठी ९दर्ता०, पाँच हजार ३०५ समाचार पत्रपत्रिका, दुई हजार ८४० साधारण चिठी, ३२० द्रुत चिठ्ठी, २५३ बुक पोस्ट छापा कागज , २०७ पुलिन्दा, २५७ पुलिन्दा ९दर्ता०, ८२ बुक पोस्ट ९रजिष्ट्री०, ३१ वैदेशिक पार्सल र सात साना पाकेट आयात र निर्यात गरिएका छन् ।

जिल्ला हुलाक कार्यालय कञ्चनपुरमा पछिल्लो पाँच वर्षमा द्रुत चिठ्ठी पत्र, पुलिन्दा दर्ता, वैदेशिक पार्सल, बुक पोस्ट ९रजिष्ट्री० र रजिष्ट्री चिठ्ठी आयात तथा निर्यात सङ्ख्या बढ्दो क्रममा रहेको छ । यसैगरी, पोष्टकार्ड आयातरनिर्यात भने घट्दो क्रममा रहेको छ । विगत दुई वर्षयता पोस्ट कार्ड आयात निर्यात शून्यमा झरेको कार्यालयका सूचना अधिकारी भट्टले बताउनुभयो ।

कार्यालयका अनुसार, आव २०७७र०७८ मा ६५ द्रुत चिठ्ठी आयात निर्यात भएका थिए भने, आव २०७८र०७९ मा ६६, आव २०७९र०८० मा १४५, आव २०८०र ०८१ मा १८२ र गत आवमा ३२० द्रुत चिठी आयातरनिर्यात गरिएका थिए ।

कार्यालयका सूचना अधिकारी भट्टका अनुसार, यस कार्यालयबाट आर्थिक वर्ष २०७७र०७८ मा ३३ हजार ७७८, आव २०७८र ०७९ मा ३१ हजार ३६७, आव २०७९र०८० मा ३७ हजार ६३२, आव २०८०र०८१ मा ३४ हजार ६९७ र गत आवमा ३३ हजार ११३ चिठ्ठी पत्र आयात र निर्यात भएका छन् ।

यसैगरी, पछिल्लो पाँच वर्षयता आव २०७९र०८० मा हुलाक सामग्री अत्यधिक रूपमा आयात र निर्यात गरिएका थिए ।

हाल कञ्चनपुरका आठ पालिकामा हुलाक कार्यालयबाट कार्य हुँदै आएको छ भने चार वटा अतिरिक्त हुलाक कार्यालय पनि सञ्चालनमा छन् । अतिरिक्त हुलाक कार्यालय भने दैनिक दुई घण्टा मात्रै सञ्चालनमा रहने गरेका छन् भने पालिकास्थित हुलाक सेवा भने कार्यालय समयमा सञ्चालनमा रहने जिल्ला हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी भट्टले जानकारी दिनुभयो ।

सरकारी निकायमा हुलाकमार्फत चिठ्ठी पत्र आदानप्रदान गर्ने चलन भए पनि पछिल्लो समय सर्वसाधारणको भने त्यस तर्फ ध्यान जान छोडेको छ । यो सेवा समय अनुसार चुस्त र छिटोछरितो नबन्दा यस तर्फ सर्वसाधारणको ध्यान घट्दै गएको सूचना अधिकारी भट्टले बताउनुभयो ।

बिहिबार, असोज २३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.