धनगढी, १८ असोज/डोटीमा एक प्रहरी मृत अबस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार, शिखर नगरपालिका–८ गोपघाट स्थायी घर भएका २८ वर्षीय शंकर बलायर मृत अवस्था फेला परेको खुलेको हो ।
प्रहरी निरीक्षक रावलका अनुसार शुक्रबार राती जिल्लाको शिखर नगरपालिका–८ गोपघाट केआईसिंह राजमार्गको सडकमा घोप्टो अवस्थामा टाउँकोमा गम्भीर चोट लागेको अवस्था मृत फेला परेको बताए ।
मृतक फेला परेका बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यालय पथलैया वारा दरबन्दी भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान रहेको प्रहरी निरीक्षक रावलले बताए । उनी १८ दिनको बिदामा असोज ७ गते डोटी आएका थिए । के कारणले मृत्यु भएको भन्ने बारेमा खुलेको छैन । घटनाबारे थप अनुसन्धानका लागि घटना स्थलमा प्रहरी निरीक्षक रावलको कमान्डमा प्रहरी खटिएको छ ।