• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

भूस्वर्ग खप्तडमा पर्यटकलाई खान बस्न अब छैन समस्या

धनगढी/ सुदूरपश्चिमका चार जिल्ला बझाङ, बाजुरा, डोटी र अछामसँग जोडिएको छ, धर्तीको स्वर्ग ९भूस्वर्ग० खप्तड । अनेक विविधता र अलौकिक सुन्दरताले भरिपूर्ण खप्तड जुनसुकै समयमा पनि घुम्न सकिन्छ । तर, चैतदेखि कात्तिकसम्म घुम्नका लागि उपयुक्त समय मानिन्छ ।

धार्मिक र पर्यापर्यटनको अपार सम्भावना रहे पनि विगतमा पूर्वाधारको अभावमा खप्तडमा अपेक्षाकृत रूपमा पर्यटक पुग्न सकेका थिएनन् । केही वर्षअघिसम्म त्यहाँ पर्यटकका लागि आधारभूत सुविधाको समेत अभाव थियो । तर, पछिल्लो समयमा खप्तडमा पर्यटकलाई आधारभूत सुविधा उपलब्ध गराउनका लागि धमाधम पूर्वाधार बनाउन थालिएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका अनुसार खप्तडमा १ सय ५० जनासम्मलाई खाना खुवाउन सक्ने होटल सञ्चालनमा छन् । ५० जनासम्म बास बस्न सक्ने सुविधा पनि तयार भएको छ ।

खाना र बासको सुविधा तयार भएसँगै आन्तरिक पर्यटकको आगमन पनि बढ्न थालेको छ,’ खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खेमराज जोशीले भने, ‘अहिले खप्तडमा दैनिक १५ देखि २५ जनासम्म आन्तरिक पर्यटक पुग्न थालेका छन् । प्रचारप्रसारको अभावमा विदेशी पर्यटक भने निकै कम आएका छन् ।’

खप्तड जानका लागि मुख्य दुई मार्ग प्रयोग हुँदै आएका छन् । मुख्यतः बझाङ र डोटी जिल्लाबाट खप्तडमा आउजाउ गर्ने गरिएको छ । डोटीबाट खप्तड राष्ट्रिय निकुञ्ज जाँदा निकुञ्जको गेट ९झिग्राना० सम्म कालोपत्रे सडक निर्माण गरिएको छ । झिग्रानाबाट खप्तड पुग्न १६ किलोमिटर पैदल यात्रा गर्नुपर्छ ।

झिग्रानादेखि ७ किलोमिटर पैदल यात्रापछि पुगिन्छ बिचपानी, जहाँ पर्यटकका लागि खाना र बस्ने सुविधा छ । त्यहाँ होटल बिचपानी सञ्चालनमा छ भने पर्यटन बोर्डले २० बेड क्षमताको गेस्ट हाउस निर्माण गरेको छ । बिचपानीबाट खप्तड पुग्न ९ किलोमिटर पैदल यात्रा गर्नुपर्छ ।

खप्तडमा निजीक्षेत्रबाट होटल सञ्चालनमा छ । खप्तडमा ५० बेडको होटल सञ्चालन गरिरहेका लोकबहादुर रावलले खाना र बस्नका लागि सुविधा नभएर पर्यटकले फर्किनुपर्ने बाध्यता अब हटेको बताए । ‘अहिले खप्तड घुम्न आउने पर्यटकलाई खान बस्न कुनै समस्या छैन,’ उनले भने, ‘हामीले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खानाको व्यवस्था गरेका छौँ । स्थानीय उत्पादन गहुँ, कोदो, मकै, तरकारी, दाल, चामल, दही, दूध, घ्युबाट बनेका अर्ग्यानिक खानाको व्यवस्थापन गरिएको छ ।’ रावलले राष्ट्रिय निकुञ्जको गेस्ट हाउस भाडामा लिएर होटल सञ्चालन गरिरहेका हुन् ।

नेपाल पर्यटन बोर्डले पनि खप्तडमा गेस्ट हाउस निर्माण गरिरहेको छ । होटल व्यवसायी संघ सुदूरपश्चिमका पूर्वअध्यक्षसमेत रहेका खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काका अनुसार पर्यटन बोर्डबाट निर्माण भइरहेको गेस्ट हाउसको निर्माण अन्तिम चरणमा पुगेको छ । ‘पाँच करोड लगानीमा ८० बेड क्षमताको गेस्ट हाउस निर्माण भइरहेको हो,’ उनले भने ।

खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक जोशीले खप्तडमा बनिरहेको गेस्ट हाउसको ९५ प्रतिशत काम सम्पन्न भएको बताए । ‘यस वर्ष बजेट विनियोजन भइसकेको हुँदा यसै आर्थिक वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ,’ उनले भने ।

बुधबार, असोज १५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.