• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदुरपश्चिममा एमालेबाट मन्त्री बनेकाहरुले परिवारका मान्छे स्वकीय, ड्राइभर र भान्से खारेज

धनगढी, ८ असोज /  नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिममा एमालेका मन्त्री राज्यमन्त्रीहरूले परिवारका सदस्यहरूलाई दिएको नियुक्ति खारेज गर्न भनेको छ । एमाले संसदीय दलको कार्यालय आगलागीले ध्वस्त भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको सरकारी निवासमा संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकमा आन्तरिक मामिला मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा सहभागी थिए ।

उनीहरूकै अगाडी मन्त्रीहरूले स्वकीय सचिव, ड्राइभर र भान्सेमा परिवारका सदस्यहरूलाई राखेको भन्दै तत्काल उनीहरूलाई हटाउने विषयमा छलफल भएको हो । बैठकमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउन उपस्थित थिइनन् । ‘मन्त्रीहरूले स्वकीयदेखि भान्सेसम्म परिवारका सदस्यहरूलाई राखेको भन्दै तीव्र आलोचना भइरहेको छ । आजको बैठकमा परिवारका सदस्यलाई दिएको नियुक्ति खारेज गर्दै अन्यलाई जिम्मेवारी दिने विषयमा छलफल भएको थियो ’ बैठकमा सहभागी एक सांसदले भने ‘ बैठकमा मन्त्रीहरू पनि हुनुहुन्थ्यो । अब परिवारका सदस्य हटाउन निर्देशन भइसकेको छ । केही समयपछि लिखित निर्देशन नै पुग्छ ।’

सुदूरपश्चिमकै मन्त्रीहरूले छोरा ,छोरी भाइदेखि ज्वाइँ सम्मलाई जिम्मेवारी दिएको भन्दै आलोचना भइरहेको थियो । अब उनीहरूलाई जिम्मेवारीबाट हटाउनु पर्ने बैठकमा सांसदहरूले कुरा उठाएका थिए । सोही अनुसार निर्णय गरिएको ती सांसदले जानकारी दिए ।

मन्त्रीहरू मात्रै होइन सांसददेखि समिति सभापतिसम्मले पनि अब परिवारका सदस्यहरूलाई नियुक्ति दिन पाउने छैनन् । दिएको भए उनीहरूले पनि तत्काल हटाउनु पर्ने छ ।

त्यस्तै संसदीय दलको बैठकमार्फत जेनजी आन्दोलनको क्रममा भएका तोडफोड, लुटपाट र आगजनीको विषयमा संसदीय समिति बनाएर अध्ययन गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । बैठकले संसदीय समिति बनाउन सुझाव दिने निर्णय गरेको छ । त्यस्तै सबै जिल्ला तथा प्रदेशमा नेकपा एमालेका नेता कार्यकर्ता तथा पार्टी कार्यालयहरूमा भएको तोडफोड आगजनी र लुटपाटको छानबिन हुनुपर्ने माग पनि बैठकमा उठेको थियो ।

सबै जिल्लामा ती जिल्लाका संसद् र जनप्रतिनिधि नरहेको जिल्लामा छिमेकी जिल्लाका सांसदहरूले त्यसको प्रतिवेदन बनाउने निर्णय समेत संसदीय दलको बैठकले गरेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक चक्र मल्लले जानकारी दिए । ‘आन्दोलनको क्रममा पार्टी कार्यालय र निजी सम्पत्तिहरूमा पनि तोडफोड आगजनी र लुटपाट भएको ती सबै घटनाको छानबिन हुनुपर्छ भन्ने हाम्रो माग हो ’ उनले भने ‘सरकारबाट एउटा संसदीय समिति बनाउने र पार्टीले पनि छुट्टै अध्ययन गर्ने भन्ने दलले निर्णय गरेको छ ।’

बुधबार, असोज ०८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.