• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गौरीफन्टा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीले चेकजाँचमा कडाइ गर्यो

धनगढी, ७ असोज /  गौरीफन्टा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीले चेकजाँचमा कडाइ गरेको छ। एसएसबीले चेकजाँच कडा पारेपछि दसैंको किनमेलका लागि सीमावर्ती बजार वनगाव जान समस्या भएको छ। कैलाली र कञ्चनपुरको पुनर्वास क्षेत्रका स्थानीय किनमेलका लागि गौरीफन्टा नाका हुँदै वनगाव र पलिया जाने गर्छन्।

तर अहिले भारतीय प्रहरी र कस्टमका कर्मचारीले चेकजाँचमा कडाइ गर्न थालेपछि नेपाली उपभोक्ताले सास्ती खेप्नु परेको गुनासो गरेका छन्।

नेपालको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू सस्तो मूल्यमा सामान पाउने लालसा बोकेर भारतीय बजार जाने गर्छन्। तर जाँदा र आउँदासमेत सुरक्षा चेकजाँचका नाममा दुःख दिन थालिएको उनीहरूले बताएका छन्।

मङ्गलवार डोकेबजारमा भेटिएकी धनगढीको विशालनगर घर बताउने संगीता धामीले जाँदा र आउँदा नाकामा सास्ती भोग्नु परेको बताइन्। उनले एसएसबीले नागरिकता माग्ने गरेको र लाइन लगाएर सामान खानतलासी गरेको बताइन्।

यस्तै, सीमा क्षेत्रमै भेटिएका अतरिया घर बताउने प्रेमबहादुर साउँदले मोटरसाइकलको कागजपत्रदेखि नागरिकता समेत देखाउनु परेको बताए। उनले फर्किदासमेत कस्टमको कर्मचारीले अनावश्यक सामान चेकजाँच गरेर दुःख दिएको बताए। गौरीफन्टा नाकामा भारतीय एसएसबीले पैदलयात्री, साइकयात्री र दुई पाङ्ग्रे सावारी लगेर जानेहरूलाई लाइन लागएर चेकजाँच गरेपछि मात्रै जान दिने गरेको छ।

वनगाव बजारमा आउँदा र जाँदा चेकजाँचमा कडाइ हुन थालेपछि नेपाली उपभोक्ताले समस्या भएको बताएका छन्। भारतीय एसएसबीले नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र जस्ता परिचय खुल्ने प्रमाणपत्र नभएको व्यक्तिलाई भारत प्रवेश गर्न दिएको छैन। भारतको सीमावर्ती बजारसम्म जानसमेत अनिवार्य पहिचान खुल्ने कागजपत्र साथमा बोकेको हुनुपर्ने नत्र एसएसबीले भारतीय भूमिमा प्रवेश गर्न रोक लगाएको छ।

मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.