• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जेनजी प्रदर्शन : कञ्चनपुरको एउटै वडामा ५५ लाखभन्दा बढीको क्षति

धनगढी ।  जेनजी आन्दोलनका क्रममा घुसपैठ हुँदा कञ्चनपुरको एउटै वडामा ५५ लाखभन्दा बढीको क्षति भएको छ । १२ वडा रहेका यहाँको शुक्लाफाँटा नगरपालिका पारिफाँटास्थित वडा ८ कार्यालयमा अत्यधिक क्षति पुगेको हो ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा घुसपैठ हुँदा भएको तोडफोड र आगजनीबाट वडा नम्बर ८ कार्यालय जलेर ध्वस्त बनेको वडा सचिव गोकर्ण प्रसाद जोशीले बताउनुभयो । सोमबार नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको क्षतिको विवरण अनुसार, यहाँको वडा नम्बर ८ कार्यालयले अत्यधिक क्षति बेहोर्नुपरेको उल्लेख  छ । आगजनी र तोडफोडबाट वडा ८ मा झण्डै ५५ लाख ९० हजार बराबरको क्षति पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनुभयो ।

उहाँका अनुसार, एक लाख ५० हजार बराबरका पाँच सी.सी टिभी क्यामेरा, पाँच लाख ६३ हजार बराबरको टेबल, कुर्सी, दराज, ढोका जलेर नष्ट भएका छन् । यसैगरी, सात लाख ९८ हजार बराबरको कुलर, फ्रिज, ब्याट्री, कम्प्युटर, टेबल, दराज, जलेर नष्ट भएको मन्त्रालयमा पठाएको विवरणमा उल्लेख छ । आगजनी र तोडफोडबाट वडा कार्यालय सञ्चालनमा आउन सकेको छैन । वडा सचिव जोशीले सोमबारदेखि नगरपालिकाबाट सबै सेवा सुरु गरिने बताउनुभयो ।

यसैगरी वडा नम्बर ८ पछि यहाँको वडा नम्बर १ कार्यालयमा ४६ लाख बराबरको क्षति पुगेको छ । आगलागीबाट वडा नम्बर १ को भवन भित्र ३५ लाख बराबरको क्षति पुगेको छ । यसैगरी ९७ हजार मूल्य बराबरका शोभा सेट जलेर नष्ट भएका छन् भने एक लाख ५० हजार बराबरका ल्याब सामग्री जलेर नष्ट भएका छन् । जहाँ २७ हजार  बराबर सिटा टुटेका छन् भने ७० हजार बराबरका प्लास्टिक कुर्सी जलेर नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो ।

यसैगरी वडा नम्बर २ मा २२ लाख ६९ हजार रुपियाँ बराबरको क्षति पुगेको छ भने वडा नम्बर ३ मा २४ लाख ५० हजार रुपियाँ बराबरको क्षति पुगेको नगर प्रवक्ता लालबहादुर ऐरले बताउनुभयो । यहाँको वडा नम्बर ४ मा १४ लाख ६७ हजार, वडा नम्बर ५ मा २२ लाख ९० हजार र वडा नम्बर ६ मा १८ लाख ३८ हजार रुपियाँ बराबरको क्षति पुगेको नगरपालिकाले मन्त्रालयमा पठाएको विवरणमा उल्लेख छ ।

यसैगरी वडा नम्बर ७ मा ४४ लाखभन्दा बढीको क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । उहाँका अनुसार, यस वडामा पानीको बोतलमा मात्रै ३२ हजार पाँच सय रुपियाँ क्षति भएको छ ।

नगरपालिकाका अनुसार, वडा नम्बर ९ मा पनि १५ लाख २१ हजार बराबरको क्षति पुगेको छ भने, वडा नम्बर १० मा ४३ लाख ७४ हजार बराबरको क्षति पुगेको छ । यस वडामा अत्यधिक क्षति गमला बिरुवामा पुगेको छ । ५७ हजार ७५० रुपियाँ जहाँ गमला बिरुवामा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । यसैगरी वडा नम्बर ११ ले १३ लाख ८० हजार रुपियाँ र वडा नम्बर १२ ले १६ लाख रुपियाँ बराबरको क्षति बेहोर्नुपरेको नगरपालिकाले जनाएको छ ।

यसैगरी नगरपालिका कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट २३ लाख बराबरको क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । उहाँका अनुसार, नगरपालिकामा सिसाका झ्याल ढोका र ट्वाइलेटमा टुटफुट हुँदा २३ लाख ५ हजार बराबरको क्षति पुगेको छ ।

मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.