काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान गरेकी छिन्।
बैठकमा हाल अपूरा रहेको मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयलाई प्रमुख एजेन्डाका रूपमा राखिएको स्रोतले जनाएको छ।
कार्कीको नेतृत्वमा बनेको सरकार हाल चार सदस्यीय मात्र छ।प्रधानमन्त्रीसहित केही मन्त्रीको जिम्मेवारी सीमित संख्यामा रहेकाले मन्त्रालयहरूको कामकाज प्रभावकारी रूपमा अघि बढाउन सकिएको छैन।
यही कारण मन्त्रिपरिषद्लाई चाँडै विस्तार गरी सबै मन्त्रालयमा जिम्मेवारी तोक्नुपर्ने दबाब बढेको छ।
आजको बैठकमा मन्त्री नियुक्ति मात्र नभई सरकारका प्राथमिकता, नीतिगत निर्णय र आगामी कदमबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
साथै, मन्त्रालयहरूबीच देखिएका समन्वय अभाव, तत्काल समाधान गर्नुपर्ने जनचासोका विषय र प्रशासनिक सुधारबारे पनि बैठकमा विचारविमर्श हुने सम्भावना छ।
राजनीतिक वृत्तले आजको बैठकलाई ‘निर्णायक’ मानिरहेको छ।मन्त्रिपरिषद् विस्तारसँगै सरकारले आफ्नो नीति(कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।