धनगढी, ४ असोज / भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा वीरगति प्राप्त जेन जी वीर शहिद गौरव जोशीका सहपाठीहरूले धनगढीको पार्क मोडमा दीप प्रज्वलन गरेका छन्। गौरव जोशी ऐश्वर्या विद्या निकेतनबाट २०७६ मा पासआउट भएका थिए , गौरव जोशीसँगै पासआउट भएका गौरवका साथीहरूले आज सम्पूर्ण वीर ‘जेन जी’ शहीदहरुलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेको वीर शहिद जोशीका सहपाठी कमल कुमार एडीले जानकारी दिए।
दीप प्रज्वलन गर्दै शहिद जोशीका सहपाठी साथीहरूले वीर जेन जी शहीदहरुका सपना सरकारले यथाशीघ्र पूरा गर्नुपर्ने बताए, साथै देशको व्याप्त भ्रष्टाचार विरुद्ध अब सरकारले पनि तदारुक्ता देखाउनुपर्ने उनीहरूको माग थियो।
देश बनाउनको लागि अब कुनै पनि आमाबुवाले आफ्ना सन्तान नगुमाउन परोस्, हामीहरूले कुनै साथी नघुमाउनु पररोस् भन्दै जेन जी वीर शहीद जोशीका साथीहरूले संयुक्त अपिल गरेका छन्।