धनगढी, ३ असोज / धनगढीमा रहेको आरम्भ ल इन्स्टिच्युटले संविधान दिवस दीप प्रज्वलन गर्दै मनाएको छ। आज देशभर संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइरहँदा इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीको सहभागितामा धनगढीको पार्क मोडमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएको आरम्भ ल इन्स्टिच्युटका सञ्चालक ओम प्रकाश बस्तीले जानकारी दिए।
कानुन विषयको तयारी कक्षा पढाइ हुने इन्स्टिच्युटले, इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीलाई संविधानप्रतिको बुझाई र आत्मियता अझ प्रगाढ बनाउनको लागि पनि अध्ययनरत विद्यार्थीको उपस्थितिमा दीप प्रज्वलन गर्दै संविधान दिवस मनाएको इन्स्टिच्युटका प्रशिक्षक गणेश खत्रीले बताए।
दीप प्रज्वलन कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुख क्याम्पसका सभापति सन्तोष पन्त , सञ्चालक बस्ती र इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
