• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीका सबै विद्यालय र भन्सार चार दिनपछि खुले

धनगढी। कैलालीका सबै विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् । जेनजी आन्दोलनसँगै उत्पन्न विषम परिस्थितिका कारण भदौ २५ देखि विद्यालयमा पठनपाठन बन्द थियो । स्थिति सामान्य बन्दै गएपछि चार दिनपछि विद्यालय सञ्चालनमा आएका हुन् । अवस्था सहज बनेकाले सम्बन्धित पालिकासँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । “जिल्लामा प्रायः सबै विद्यालय सञ्चालनमा आएका छन्,” उहाँले भन्नुभयो, “सम्बन्धित पालिकासँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न भनेका छौँ ।”

आन्दोलनका क्रममा यहाँका शैक्षिक सङ्घ संस्था र सवारीसाधनमा क्षति नभए पनि कफ्र्यु लागेपछि पठनपाठन स्थगित गरिएको थियो । यसै गरी कैलाली भन्सार कार्यालयले आइतबारदेखि पूर्ण रूपमा सेवा दिन थालेको छ । नजिक रहेको ग्यारेजबाट सो कार्यालयले पूर्ण रूपमा सेवा दिन थालेको हो । खाली रहेको ग्यारेजमा आवश्यक सामग्री सेटअप गरेर ‘फुलफेज’ मा सेवा सुरु गरेको भन्सार अधिकृत खिमप्रसाद अर्यालले बताउनुभयो ।

“आगजनी हुँदा जल्नबाट बचेका र आवश्यक केही नयाँ सामग्री खरिद गरेर हामीले ‘फुलफेज’ मा सेवा सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “आगजनी भएको कार्यालय पनि सरसफाइ गरेर त्यहाँबाट समेत न्यूनतम सेवा दिने लक्ष्य छ ।” जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले भन्सार कार्यालयमा आगजनी गरेका थिए । आगो लगाइएपछि सवारीसाधन, कम्प्युटर, फाइल, दराजलगायतका सबै सामग्री जलेका थिए । आगजनी भए पनि भन्सार कार्यालयले आंशिक रूपमा सेवा दिँदै आएको थियो । यसै गरी कैलाली जिल्ला प्रशासनले पनि सेवा दिने प्रयास गरिरहेको छ । केही विद्यालयले कम्प्युटर, टेबुल सहयोग गरेपछि नागरिकता बनाउनेसम्मको कार्य प्रारम्भ गर्ने जमर्को गरिरहेको सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।

मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.