• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरका तीन पालिकामा सेवा अनिश्चित

कञ्चनपुर। कञ्चनपुरका तीन स्थानीयतहको सेवा सञ्चालन अनिश्चित बनेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनकारीहरुको समूहले आगजनी र तोडफोड गर्दा यहाकाँ  तीन स्थानीयतह सञ्चालनमा आउन सकेका छैनन् । ९ स्थानीय तह रहेका कञ्चनपुरमा तीन पालिकामा पूर्णरुपमा क्षति पुग्दा सेवा प्रवाह अनिश्चित बनेको हो ।

जेनजी समूहको आन्दोलनमा भएको घुसपैठका कारण यहाँका पुर्नवास नगपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । आन्दोलनकारीहरूले पुर्नवास नगरपालिका र कृष्णपुरमा अत्यधिक क्षति पुर्‍याएका छन् भने शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा पनि केही क्षति पुगेका छन् ।

पुर्नवास नगरपालिका अधिकांश वडा कार्यालयहरु र नगरपालिका कार्यालयमा आन्दोलनकारीहरूले गरेको आगजनीका कारण अत्यावश्यक कागजातहरू जलेर नष्ट भएको पालिकाका सूचना अधिकारी धौल शार्कीले बताउनुभयो । “आन्दोलनकारीले गरेको आगजनीका कारण पालिकाका सबै शाखा जलेर नष्ट भएका छन्,’’ उहाँले भन्नुभयो, ‘‘सफाइ गर्न झण्डै दुई साता जति लाग्न सक्छ ।”

पालिकामा सफाइ सुरु गरिएको सूचना अधिकारी शार्कीले बताउनुभयो । जेनजी आन्दोलनका क्रममा पालिकामा अत्यधिक लुटपाट समेत भएको बताइएको छ । सूचना अधिकारी शार्कीका अनुसार, पालिकामा बचेका कम्प्युटर, ल्यापटप, कुर्सी, लगायतका सामग्री चोरी भएका छन् । केही चोरी भएका सामग्री भने फिर्ता ल्याउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

“कार्यालय भित्र कागजपत्र जलेको धुलो नै धुलो छ,’’ उहाँले भन्नुभयो, ‘‘१५ लाखभन्दा बढीको फर्निचर मात्रै जलेर नष्ट भएका छन् ।” आन्दोलनकारीहरूले गरेको क्षतिको विवरण सङ्कलनको कार्य भइरहेको उहाँले बताउनुभयो । नगरपालिका सञ्चालनका लागि अझै दुई साता बढी लाग्ने सूचना अधिकारी शार्कीले बताउनुभयो ।

यसैगरी, आन्दोलनकारीहरूले कृष्णपुर नगरपालिकामा पूर्णरुपमा क्षति पुर्‍याउँदा पालिका सञ्चालनमा आउन सकेको छैन । आन्दोलनकारीहरूले नगरप्रमुख हेमराज ओझाको कार्यकक्ष, योजना शाखा, भूमि इकाई, स्वास्थ्य शाखा र शिक्षा शाखा आगजनी गर्दा कागजातहरू जलेर पूर्ण रूपमा नष्ट भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले बताउनुभयो । आन्दोनकारीहरुले पालिकामा लगाइएका एसी, पङ्खा, सिसा तोडफोड गर्नुका साथै ५ मोटरसाइकल जलेर नष्ट भएको उहाँले बताउनुभयो । हाल पालिकामा सरसफाई तथा क्षतिको विवरण सङ्कलनको काम भइरेको उहाँले बताउनुभयो । उहाँका अनुसार, पालिकाबाट सेवा सुचारु गर्न अझै साता दिन लाग्ने छ । यहाँ स्थित वडा कार्यालयहरू भने आइतबारदेखि सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

आन्दोनलकारीहरुको समूहले शुक्लाफाँटा नगरपालिकामा केही क्षति पुर्‍याएका छन्, भने पालिकास्थित वडा नम्बर १,७ र ९ वडा कार्यालय पूर्णरुपमा जलेर नष्ट भएको सूचना अधिकारी मोहन फुलाराले बताउनुभयो । पालिकास्थित तीन वडा कार्यालयमा पूर्णरुपमा क्षति पुगेको बताउनुहुँदै सूचना अधिकारी फुलाराले क्षतिको विवरण सङ्कनको काम भइरहेकाले आगामी आइतबारपछि नगरपालिकाले कामकाज सुरु गर्ने गरी तयारी अगाडि बढाइएको बताउनुभयो । कञ्चनपुरका ६ स्थानीय तह भने पूर्णरुपमा सञ्चालनमा आएका जनाइएको छ ।

मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.