• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

‘जेन जी’आन्दोलनमा खरानी भएका सरकारी कार्यालय सेवा सञ्चालनको तयारीमा जुँटे

कैलाली, ३० भदौ /  भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा जलेर खरानी भएका सरकारी कार्यालय सेवा सञ्चालनको तयारीमा जुटेका छन् । आन्दोलनका क्रममा एकै दिन ठुलो सङ्ख्यामा आगो लगाएर ध्वस्त बनाइएका कार्यालय सञ्चालनको तयारीमा जुटेका हुन । जेन जी आन्दोलनका क्रममा जलेको गौरीगंगा नगरपालिका सञ्चालनका लागि आइतबार सर्वदलीय–सर्वपक्षीय बैठक बसेको छ ।

बैठकपछि बसेको कार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा जलेको नगरपालिका, वडा, भवन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । प्रमुख प्रशासकीय राम बहादुर केसीले कार्यपालिका बैठकबाट भाद्र ३० देखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए । उनले भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा नगरपालिकाको प्रशासकीय भवन, वडा कार्यालय भवन, सवारी साधन र कार्यालय सञ्चालन उपकरण जलेर नष्ट भएको बताए ।

आगलागीबाट ध्वस्त भएको गोदावरी नगरपालिकाका कर्मचारी पनि आगलागीबाट जलेर बचेका कागजात थन्क्याउने काममा जुटेका छन् । नगरपालिकाको तीन शाखा पुरै ध्वस्त भएका छन् भने अन्य शाखामा पनि ठुलो क्षति पुगेको छ । नगरपालिकाले वडा कार्यालयबाट सुरक्षा र व्यक्तिगत घटना दर्ताका काम सुचारु भएको जनाए पनि नगरपालिका कार्यालयबाट सञ्चालन हुने सेवा भने स्थगित गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धर्म राज विनाडीले आगजनी र तोडफोडबाट भौतिक संरचना र अधिकांश कागजात, कम्प्युटर उपकरण लगायतका सामाग्री जलेकाले हाललाई सेवा स्थगित गरिएको सूचना प्रकाशित गरेका छन् ।

कैलालीमा सङ्घीय सरकार मातहतका केही कार्यालयले भने सेवा सीमित सेवा सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय कैलाली, भन्सार कार्यालय र जिल्ला अदालतले सेवा सञ्चालनमा ल्याएका हुन । जिल्ला प्रशासनका कर्मचारीको ल्यापटप र स्कुलबाट सहयोग प्राप्त कम्प्युटरबाट सेवा सुरु गरेका हुन ।

कैलाली जिल्ला अदालतले पनि आन्दोलनपछि रोकिएका सेवा सुचारु गर्ने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण भएको भौतिक क्षति र त्यसपश्चात् उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै अदालतले आकस्मिक पूर्ण बैठक बसेर आगामी दिनमा हुने कामकारबाहीबारे निर्णय गरेको हो ।

यसैबिच कैलाली भन्सार कार्यालयले ग्यारेजबाट सेवा सुचारु गरेको छ । जेन–जी पुस्ताको आन्दोलनका क्रममा कार्यालयको भवनमा आगजनी र तोडफोड भएपछि कार्यालय ग्यारेजमा सञ्चालन गरिएको छ । कैलाली भन्सार कार्यालय सहित फर्निचर, कम्प्युटर, कागजपत्र जलेका छन् । भन्सार कार्यालयबाट सेवा सुचारु गर्न समय लाग्ने भएकाले सवारी पार्किङ र गाडी मर्मतका लागि प्रयोग हुँदै आएको भवनबाट सेवा सुचारु गरिएको हो । भन्सार कार्यालयको पश्चिम–दक्षिण प्रवेशद्वारमा रहेको भवनबाट सेवा सुचारु गरिएको छ । बैङ्कको काउन्टर, आयात–निर्यातको स्वीकृति लगायतको काम सोही भवनबाट हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार कैलालीमा १०३ वटा सरकारी कार्यालय भवनमा आगजनी तथा तोडफोड गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० राजकुमार सिंहले प्रदर्शनकारीको आक्रमणले १०३ सरकारी कार्यालयका भवन, १७ वटा पार्टी कार्यालय भवन, १२ वटा निजी घर र पाँच वटा प्रहरी बिट क्षतिग्रस्त भएको बताए ।

उनका अनुसार जिल्लाभर ११४ वटा चार पाङ्ग्रे, ५४३ वटा दुई पाङ्ग्रे, ६ वटा तीन पाङ्ग्रे र १५ वटा साइकल गरी ६७८ सवारीसाधनमा आगजनी र तोडफोड गरिएको छ ।

यसैबिच प्रदेश मातहतका कार्यालयमा भने मुचुल्का सङ्कलन गरेर मात्रै सञ्चालन गरिने जनाइएको छ । प्रदेश सरकार अन्तर्गतका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लगायतका संरचना क्षतिग्रस्त भएका छन् ।

सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.