• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमका जनप्रतिनिधिद्वारा निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन माग

धनगढी,२८ भदौँ । सुदूरपश्चिमका जनप्रतिनिधिले राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति वा समूहहरूबाट धम्की आउने घटनाहरू भइरहेकाले सेवा प्रवाह गर्ने वातावरण बनाउन माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम अध्यक्ष लोकेन्द्र बहादुर शाही, नेपाल नगरपालिका सङ्घ सुदूरपश्चिम संयोजक वीरेन्द्र भट्ट, र जिल्ला समन्वय समिति महासङ्घ सुदूरपश्चिम संयोजक गगन भण्डारीद्वारा जारी संयुक्त विज्ञप्तिमा स्थानीय सरकारका सम्पत्ति तथा दस्ताबेजहरूको सुरक्षा गर्न, सबै नागरिक तथा जनप्रतिनिधिहरूको जिउ ज्यान, निजी सम्पत्ति तथा उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन माग गरेका हुन ।

शुक्रवार जारी विज्ञप्तिमा जेन जी पुस्ताका युवाहरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति सम्पूर्ण स्थानीय सरकारहरू अत्यन्त दुखित भएको उल्लेख छ ।
विज्ञप्तिमा आन्दोलनमार्फत अभिव्यक्त भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासनको प्रत्याभूति तथा युवाहरूको शासन व्यवस्थामा सहभागिता जस्ता जायज मागमा समर्थन रहेको उल्लेख छ । तर, सोही आन्दोलनको आडमा भएको अवाञ्छित घुसपैठका कारण उत्पन्न अराजक अवस्थाबाट ऐतिहासिक धरोहर र संरचना, महत्त्वपूर्ण राष्ट्रिय दस्ताबेजलगायत सरकारी कार्यालय तथा सम्बद्ध निवासमा भएको आगजनी, तोडफोड तथा जनप्रतिनिधिहरूप्रति गरिएको अमानवीय व्यवहारप्रति खेद व्यक्त गर्दै, मानवअधिकार विरोधी क्रियाकलापको घोर भर्त्सना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘सुदूरपश्चिम प्रदेश सरकारका र स्थानीय सरकारका प्रशासनिक भवन र सवारीसाधनमा आगजनी गर्ने, नागरिक तथा जनप्रतिनिधिहरूको निजी सम्पत्ति, उद्योग व्यवसायमा क्षति पु(याउने, साथै जनप्रतिनिधिहरूलाई राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति वा समूहहरूबाट धम्की आउने घटनाहरू भइरहेका छन् । तसर्थ, स्थानीय सरकारका सम्पत्ति तथा दस्ताबेजहरूको सुरक्षा गर्न, सबै नागरिक तथा जनप्रतिनिधिहरूको जिउ ज्यान, निजी सम्पत्ति तथा उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन सम्माननीय राष्ट्रपतिज्यू र सुरक्षा निकायहरूसमक्ष हार्दिक अनुरोध गर्दछौँ । साथै, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्बद्र्धन गर्दै उच्च मनोबलका साथ सेवा प्रवाह नियमित गर्न सुदूरपश्चिम प्रदेशका स्थानीय सरकारका सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूमा हार्दिक आह्वान गर्दछौँ ।’

शनिबार, भदौ २८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.