लोकतान्त्रिक गणतन्त्रमा पार्टी वा संगठनको विकल्प हुदैन !
लोकतान्त्रिक गणतन्त्रमा पार्टी वा संगठनको विकल्प हुने कुनै इतिहास वा प्रयासले संसारमा सफल छैन खास त यस्तो कहिँ अभ्यास पनि छैन। लोकतन्त्र र गणतन्त्र दुवै अभ्यास संगठित सहभागिता, प्रतिस्पर्धा र प्रतिनिधित्वमा आधारित हुन्छन्।
मात्र २ दिन अघि एउटै आन्दोलनमा सरिक भएका ‘जेन जी’ भनिनेहरु संगठित र एउटै समुहमा ( यो सिधा भाषा मा पार्टी वा संस्थागत) नहुदा आज व्यक्ति परक फरक-फरक अपेक्षा, धारण र महत्वाकांक्षा बनिरहेको देखिदैछ।
युएसमा पहिलो राष्ट्रपति George Washington पनि कुनै पार्टीमा थिएनन्। उनले Party spirit is dangerous भन्दै पार्टीविहीन राज्य संचालनको वकालत गरे तर व्यवहारमा कांग्रेस (US Assembly) मा तुरुन्तै Federalist र Democratic-Republican जस्ता दलहरू गठन भए। त्याहाँ पनि पार्टीविहीन प्रणाली त्यही नीर सकियो ।
एउटा मात्रै कुवेतमा भने संविधानले राजनीतिक दललाई मान्यता दिएको छैन। उम्मेदवारहरू स्वतन्त्र व्यक्तिका रूपमा मात्र उठनु पर्छ। भन्ने मान्यता छ, तर व्यवहारमा त्याहा पनि गुट, परिवार, विचारधारात्मक समूह मार्फत संगठित भैरहेको देखिन्छ। यसको प्रभाव पनि दल, समूह र पार्टी भन्दा बढी छ झन अव्यवस्थित बढी देखिन्छ । अनि यसरी संगठन, समूह वा संस्था ( त्यो सबै पार्टी जस्तै हो) शव्द मात्र फरक हो ।
दीर्घकालीन रुपमा राज्य संचालनमा सफल हुने कुनै सम्भावना हुदैन। कि त भन्नू पर्यो लोकतान्त्रिक व्यवस्था चाहिएन, गणतन्त्र चाहिदैन, होइन भने राजनीतिक पार्टी वा संगठन नै लोकतान्त्रको उत्तम र व्यवस्थित व्यवस्था हो। तर अहिले उठिरहेको बिषय नेतृत्वमा समस्या देखाउने भन्दा समग्र पार्टी प्रवृत्ति र संगठानिक व्यवस्थामा दोष देखाउन केन्द्रिय देखिन्छ तर यस्ले समाधान दिदैन यो भन्नेहरुको सपना मात्रै हुन जान्छ।
लगभग सबै पार्टी संगठनहरु नेतृत्व परिवर्तन गर्न वा समय सापेक्ष बनाउन असफल भएकै हो । हामि पनि स्पष्ट मान्छौ सधै आवाज उठाइ रहेका छौ पार्टी, संगठनको नेतृत्व परिवर्तन भैरहनु पर्छ गतिशील र समय सापेक्ष हुनु पर्छ । लोकतान्त्रमा स्पष्ट रुपमा त्यो विकल्पमा प्रयास गर्ने हो, लड्ने हो।
बरु आज यो सबै हुदैन सुधार्नै सकिँदैन भन्नेहरुले समुह, संगठन, पार्टी वा दल बनाउने जनता रिझाउने, जनताको मन जित्ने र निर्वाचन बाट राज्य संचालनमा जान सक्ने व्यवस्था यो संविधानले स्पष्ट रुपमा दिएकै छ । जसले संविधान र लोकतन्त्र दुबैको रक्षा हुन्छ ।
जितेर राज्य संचालनमा गएपछि आफुले चाहेको संशोधन गर्न सकिन्छ नै तर यो उर्जा, बिश्वास र जोश वर्तमान पुस्तामा देखिएको छैन । अन्तर्राष्ट्रिय स्तर हल्लाउन सक्ने, सबै विध्वंस गर्न सक्ने र राज्य सत्ता उलटपुलट बनाउन सक्ने पुस्तामा यो बिश्वास नहुनु दुखद र यति सबमा अरु कसैको षडयन्त्र हो भन्ने बुझ्न सकिन्छ।
तर स्पष्ट भन्न सकिन्छ हडपेर राज्य धेरै दिन चल्दैन यो समाज र राष्ट्रमा आम मानिस पनि छ्न राष्ट्रका लागि लडेका देखि योगदान गरेका सम्म साथै यो व्यवस्थाका लागि आफ्नो जीवन बिताएका त्यसै यो त निश्चित छ । सबै चुप लागेर बस्दैन यस्तो गर्नु र हुनुले सायद निश्चय नै अर्को र झन ठूलो संकट निम्त्याउछ।
त्यसैले आझै दाबी सहित भन्न सकिन्छ लोकतान्त्रिक गणतन्त्रमा पार्टी वा संगठनको विकल्प हुदैन !
लेखक :- ओम प्रकाश वस्ती
(कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत हुनुहुन्छ, साथै स्वतन्त्र विद्यार्थी युनियनका सचिव)
लोकतान्त्रको आस्थावान नेपालि काङ्ग्रेस र ने.वि संघको आस्थावान