धनगढी, २३ भदौ / सरकारले अभिभावकत्व ग्रहण गर्न नसकेको, लोकतन्त्रको घाँटी निमोठ्ने, मानवअधिकार मिच्ने र परिवर्तनको आवाज दबाउने प्रवृत्तिविरुद्ध धनगढीमा शान्तिपूर्ण आन्दोलनको आह्वान गरिएको छ। भदौ २४ गते (मंगलबार) बिहान ७ बजे सुरु हुने गरी तय गरिएको छ।
“शान्तिपूर्ण आन्दोलन भाग–१” शीर्षकमा हुने कार्यक्रमका लागि कैलाली बहुमुखी क्याम्पस (केएमसी) का विद्यार्थीहरूले पहल गरेका छन्। क्याम्पस गेटदेखि चौराहासम्मको मार्गमा अन्य कलेजका विद्यार्थीहरूलाई पनि आ–आफ्नो कलेजबाट जोडिन आग्रह गरिएको छ।
आन्दोलनमा विशेषगरी स्कुले बालबालिकालाई छानी–छानी गोली हान्ने घटनाको विरोध गर्दै सचेत युवाहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ ।