• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ढिलासुस्ती र लापरबाहीका विरुद्ध अत्तरिया चोकमा विरोध र्‍याली

कैलाली, २३ भदौ  /  चौकिडाँडा फल्टुडे सडक निर्माण गर्ने ठेकेदारले गरेको ढिलासुस्ती र लापरबाही विरुद्ध अत्तरिया चोकमा विरोध र्‍याली निकालिएको छ । सोमबार चौकिडाँडा फल्टुडे सडक निर्माण सङ्घर्ष समितिको आयोजन र गोदावरीका जनप्रतिनिधिको उपस्थितिमा विरोध र्‍याली निकालिएको हो ।

यसअघि आइतबार पत्रकार सम्मेलन गरेर चक्काजामको कार्यक्रम घोषणा गरिएको भए पनि कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल सहित ठेकेदार बिहान ओलानीमै पुगेर भोलिदेखि काम सुरु गर्ने र आज दिउसो २ बजे लिखित प्रतिबद्धता जनाएपछि चक्काजामको कार्यक्रम रोकेर विरोध र्‍याली र कोष सभाको आयोजना गरिएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले ६ वर्ष अघि ठेक्का भएको सडक ठेकेदारले समयमा निर्माण नगरिदिँदा अहिलेको अवस्था आएको बताए । उनले पटक पटक स्थानीय सरकारले समयमा काम सक्नको लागि पहल गरे पनि नतिजा नआएपछि बाध्य भएर सडकमा आउनु परेको बताए ।

उनले आइतबार पत्रकार सम्मेलन गरेर चक्काजाम गरिने बताए पनि सिडिओ बिहानै ओलानीमा पुगेर आजै सहमति गर्ने प्रतिबद्धता जनाएपछि आफूहरूले प्रशासनलाई सहयोग गर्दै चक्काजाम रोकेको बताए । उनले अब भोलि देखि काम सुरु भएर एक दिन पनि काम रोकिए पुनः आन्दोलन गरिने चेतावनी दिए । उनले आज ठेकेदारले मङ्सिर महिना भित्र काम सक्ने बताएको बताउँदै यसको दिउँसो लिखित सम्झौता हुने बताए ।

वडा नम्बर ३ का वडाध्यक्ष तेज राज अवस्थीले आन्दोलनका कार्यक्रम अन्तरगत सडकमै वडा कार्यालय सञ्चालन गर्ने कार्यक्रम गर्दा सुनुवाइ नभएपछि सडकमा उत्रिनु परेको बताए ।

ओलानी सडकका अटो व्यवसायी राजु विकले भने चक्काजामको कार्यक्रम गर्ने भनेर ब्यानर छाप्दा पनि भनेअनुसार कार्यक्रम नगरिनु धोका भएको बताए । उनले राजनीतिक हस्तक्षेपका कारण चक्काजामको कार्यक्रम रोकिएको दाबी गर्दै अब ओलानीबासी चुप लागेर नबस्ने बताए । सङ्घर्ष समितिका संयोजक विक्रम विकले आज गरिने सम्झौता पछि पनि घात गरिए अब एक दुई घण्टा नभएर सडक पुरै ठप्प गरिने बताए ।

प्रदेश सरकारले ६ वर्ष अघि निर्माण गर्ने भन्दै ठेक्कामा लगाएको चौकिडाँडा फल्टुडे सडक कालोपत्रे नभएपछि गोदावरीको वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिले आन्दोलनका कार्यक्रम सुरु गरेका थिए । जसअनुसार बिहीबार र शुक्रवार सडकमै वडा कार्यालय सञ्चालन गरेका उनीहरूले सोमबार अत्तरिया चोकमा विरोधका कार्यक्रम गरेका हुन ।

चौकिडाँडा देखि फल्टुडे जोड्ने उक्त सडक कालोपत्रे गर्न सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट अढाई किलोमिटर कालोपत्रे गर्ने भन्दै ठेक्का सम्झौता गरेको थियो । दोस्रो खण्डको उक्त सडक निर्माणका लागि २०७७ भदौ १८ गते एड्भेन्चर, थिगिम, सन्लाईट जेभि सँगै सम्झौता भए पनि हालसम्म उक्त सडक कालोपत्रे हुन सकेको छैन ।

दोस्रो खण्डको काम नहुँदै प्रदेश सरकारले नै तेस्रो खण्ड निर्माणका लागि २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा सँग सम्झौता गरे पनि उक्त सडक कालोपत्रेको काम पनि अलपत्र अवस्थामा रहेको छ । प्रदेश मार्फत ओलानी जोड्ने मुख्य सडक मध्ये साढे ५ किलोमिटर सडक दुई ठेकेदारले अलपत्र परेपछि गोदावरीका जनप्रतिनिधि सँगै स्थानीय आन्दोलित भएका छन् ।

सोमबार, भदौ २३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.