धनगढी, २२ भदौ / भारतको पलियामा गौरीफन्टा नाकाबाट जाँदै गरेको यात्रु बस (नं. यु पी ३१ टी ९२०५) दुर्घटनामा परी एक नेपाली नागरिकको ज्यान गएको छ।
बस पल्टिँदा दर्जनौं यात्री घाइते भएका छन्। स्थानीयवासीका अनुसार सडकमा अचानक खाल्डो परेपछि बस अनियन्त्रित भई पल्टिएको हो।
घटनापछि सशस्त्र सीमा बल (एसएसबी) र भारतीय प्रहरी तत्कालै घटनास्थल पुगेका थिए। घाइतेहरुलाई उद्धार गरी कजरिया गौरीफन्टा सामुदायिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ।
यसैबीच प्रहरीले बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। एसएसबी र प्रहरीले राहत तथा उद्धार कार्य गर्दै सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको जनाएको छ।