• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बारम्बारको सडक अवरुद्धले पुर्चाैडीका बासिन्दा हैरान

 धनगढी,२२ भदौ । बैतडीको पुर्चाैडी नगरपालिकाका विभिन्न सडक खण्डमा वर्षासँगै पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । खासगरी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड पुर्चाैडी हाट सडक खण्ड पहिरोले बन्द हुँदा समस्या भएको स्थानीयहरु बताउछन् ।

सडक अवरुद्ध भएपछि विद्यालय जाने विद्यार्थीदेखि बिरामी बोकेर अस्पतालतर्फ लाग्ने स्थानीयसम्म हैरानीमा पर्नुका साथै दैनिक जीवन अस्तव्यस्त बनेको वडा नम्बर ८ का गणेश बिष्टले बताउनुभयो । बिष्टले भन्नुभयो, ‘‘सडक बन्द हुँदा यहाँका बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सकिँदैन । सामान्य उपचारमा पनि ढिलाइ ढिलाइ भइरहेको छ । ”

यस्तै, हाटका व्यापारी सुरेन्द्र जोशीका अनुसार सडक बन्द हुँदा आवश्यक उपभोग्य सामान ल्याउन कठिनाइ भएको छ । ‘‘गाउँ भित्रिनु पर्ने चामल, तेलजस्ता खाद्यान्न समयमै नपुग्दा उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन् । ” यस क्षेत्रका सडक वर्षा लाग्ने बित्तिकै अवरुद्ध हुने गरेका छन् । स्थानीयवासी पार्वती बोहरा भन्नुहुन्छ, ‘‘हरेक वर्ष बर्खामा यस्तै हुन्छ । अस्थायी रूपमा मर्मत हुन्छ, तर दिगो समाधान खोजिदैन ।”

तीज, गौरा जस्ता चाँडपर्व मनाएर आउजाउ गर्नेहरु धेरै समस्यामा परेको स्थानीयको भनाइ छ । कामको सिलसिलामा बाहिर जानुपर्ने बाध्यता भएकाहरुले सास्ती भोग्नुपरेको छ । ‘‘सर समान बोकेर बालबालिका, वृद्ध वृद्धा समेतले काम विशेषले बाहिर जानु पर्ने हुन्छ तर बारम्बारको सडकको समस्याले दुर्दशा भोग्नुपरेको छ,” पुर्चाैडी नगरपालिका ०८ का स्थानीय लोकेश साँउदले बताउनुभयो ।

कृषि उत्पादन बजारसम्म पुर्याउन नसक्दा किसानहरू पनि मारमा परेका छन् । खेतमा उत्पादन भएको मकै र तरकारी बिक्री नभई नष्ट हुने अवस्था आएको वडा ७ का किसान करन ऐरीले गुनासो गनुभयो । ‘‘सडक अवरुद्ध हुँदा कृषि उत्पादन बजारसम्म पुर्याउन समस्या भएको छ । यसले स्थानीयले आम्दानी गुमाउनु परेको छ ” उहाँले भन्नुभयो । स्थानीय स्तरमा वैकल्पिक पहुँचमार्ग र दिगो पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने स्थानीय शिक्षक दिनेश पार्किले बताउनुभयो ।

पुर्चाैडी नगरपालिकाका प्रतिनिधिहरूले सडक मर्मत र दिगो संरचना निर्माणका लागि प्रयास भइरहेको जानकारी दिनुभएको छ । तर निरन्तर वर्षाका कारण काममा कठिनाइ भएको नगरपालिकाले जनाएको छ ।

आइतबार, भदौ २२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.