• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

फल्टुडे सडक निर्माणका लागि दवाव दिन सडकमै वडा कार्यालय सञ्चालन गरिने

धनगढी, १८ भदौ /  कैलालीको चौकीडाँडा फल्टुडे सडक निर्माणका लागि दवाव दिन सडकमै वडा कार्यालय सञ्चालन गरिने भएको छ । गोदावरी नगरपालिका– ३, १०, ११ र १२ ले सडकमै वडा कार्यालय सञ्चालन गर्ने भएका हुन । ४ वटै वडाका वडाध्यक्षहरुले बुधबार पत्रकार सम्मेलन गर्दै बिहिबारदेखी वडाका कामकारबाहीहरु सडकबाटै सञ्चालन गर्ने बताएका छन । उनिहरुले पटक पटक आवाज उठाउदा पनि ठेकेदारले लापरबाही गरेका कारण सडक निर्माणका लागि दवाव दिन सडकबाटै वडा कार्यालय सञ्चालन गरिने बताए ।

गोदावरी– १२ का वडाध्यक्ष भीम बहादुर खड्काले ६ वर्ष पहिले नै सम्झौता भएको सडक निर्माणको काम दुई वटा ठेकेदारको लापरबाहीले गर्दा अलपत्र अवस्थामा रहेको बताए । उनले थेगिङ र तेडी निर्माण सेवाले सम्झौताअनुसारको काम नगर्दा सडकको अवस्था लथालिङ्ग बनेको बताए । उनले ठेकेदारको लापरबाहीका कारण सडक अलपत्र परेपछि वडाबाटै दवाव दिने उद्देश्यले सडकमै वडा कार्यालय सञ्चालन गर्न लागिएको बताए । ‘ठेकेदारको लापरबाहीले गर्दा सडक अहिले अलपत्र अवस्थामा छ, सडकको कुनै प्रगती भएको छैन’ उनले भने ‘सडकमा खाल्डा खुल्डीले गर्दा स्थानियहरुलाई आवतजावतमा समस्या भैरहेको छ, त्यसैले सडक निर्माणको लागि दबाव स्वरुप हामीले भोली बिहिबार देखी सडकमै वडा कार्यालय सञ्चालन गर्ने निर्णय गरेका छौ ।

उनका अनुसार सो क्षेत्रमा रहेका वडा नं. ३, १०, ११ र १२ ले संयुक्त रुपमा सोही सडकखण्डमा रहेको चाक्लेखोलामा वडा कार्यालय स्थापना गर्नेछन् ।

वडाध्यक्ष खड्काले सडक निर्माणमा भैरहेको लापरबाही रोक्न र सडक निर्माण गर्न पटकपटक पहलकदमी गरेपनि ठेकेदारले अटेरी गर्दा बाध्य भएर सडकमा उत्रिनुपरेको बताए । ‘सडक निर्माणका लागि त्यो क्षेत्रका ४ जना वडाध्यक्षहरुले जिल्ला प्रशासन कार्यालयमा २ पटक ध्यानाकर्षण गर्रासकेका छौ, मुख्यमन्त्रीलाई पनि ध्यानाकर्षण गराईसकेका छौ, सम्बन्धीत निकायमा गएर पटक पटक सम्झौता गर्ने र छलफल गर्ने काम पनि भैसकेको छ’ उनले भने ‘सम्बन्धीत ठेकेदारसँग पनि बसेर पटक पटक निर्माणको सम्झौता गर्दा पनि बिचमा आएर काम गरेजस्तो गर्ने र फेरी भाग्ने गरेका कारणले हामीले यस्तो निर्णय लिएका हौ ।

वडा नं ३ का वडाध्यक्ष तेजराज अवस्थीले सडक निर्माणका लागि पटक पटक सबै ठाउँमा धाउदा पनि पार नलागेपछि बाध्य भएर सडक निर्माणका लागि सडकमा आउनुपरेको बताए । उनले ठेकेदारलाई ताकेता गर्दा बिचमा एक पटक आएजस्तो गर्ने र फेरी भाग्ने गरेको बताए । सडक निर्माण नहुदा स्थानियहरुले धेरै समस्या झेल्नुपरेको बताउदै उनले आगामी दिनमा ठेकेदारले काम गर्छु भनेर उम्कन नपाउने बताए । उनले बाटोका कारण स्थानियहरुले रोजगारीका कार्य समेत गर्न सक्ने अवस्था नरहेको बताए । वडाध्यक्ष अवस्थीले सम्झौता गरेर काम नगर्ने ठेकेदारलाई म्याद थप्नुको साटो कारबाही गरिनुपर्ने बताए । सडक निर्माणका लागि स्थानियहरुलाई केही समस्या भएपनि आफूहरुलाई सहयोग गर्न उनले आग्रह गरे ।

बुधबार, भदौ १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.