• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

जन्मथलोको चौतारोमा झुल्किए सभापति देउवा

धनगढ,८ मंसिर । चुनावी अभियानको उपस्थितिलाई नगन्ने हो भने कांग्रेस सभापति शेरबहादुर देउवाले २०४८ सालपछि गत साता गृहजिल्ला डडेलधुरामा सबैभन्दा लामो समय बिताए । कात्तिक अन्तिम साता काठमाडौंबाट सुदूरपश्चिम ओर्लिएका देउवा ६ दिन गृहजिल्ला पुगेर कार्यकर्तासँग मसिनो गरी भलाकुसारी मात्रै गरेनन्, कुलपूजादेखि विभिन्न ठाउँका मन्दिरमा आयोजित पूजाआजा (जाँत)मा पनि सामेल भए ।

गृहजिल्ला आगमनका क्रममा उनले जन्मथलो गन्यापधुरा–१ रुवाखोला पुगेर दुई घण्टा नातागोता, आफन्त र छिमेकीसँग बिताएका थिए । कमै बोल्ने स्वभावका देउवा गाउँको चौतारामा बसेर छिमेकी पाका, तन्नेरी र बालबालिका सबैसँग गफिएका देखिन्थे । कुलदेवता ‘असिउ’ को पूजामा पनि उनी सामेल भए ।

देउवासँगै चौतारामा बसेका गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीका अनुसार सभापतिले एकरएक गरी गाउँका सबै दाजुभाइलाई भेटेर सन्चोबिसन्चो सोधपुछ गरेका थिए । अध्यक्ष कार्कीका अनुसार २३ वर्षपछि कुलदेवताको पूजामा सहभागी हुन पुगेका देउवाले कुलदेवताको मन्दिरमा महायज्ञ लगाउने प्रसंग पनि झिकेका थिए ।

‘भेटघाटमा सबैसँग पारिवारिक कुराकानी मात्रै गर्नुभयो । यसपालिको भ्रमणमा राजनीतिक कुरा प्रायः कसैसँग गर्नुभएन,’ अध्यक्ष कार्कीले भने । कुलपूजासँगै देउवा सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत र उग्रताराको पूजा मेलामा पनि सहभागी भएका थिए । यसपटक उनी आलीताल र परशुराम धाममा पनि पुगेका थिए । देउवा आफ्नो जन्मगाउँको पीपल चौतारामा गाउँले र नातागोतासँगै टुसुक्क बसेको तस्बिर पनि यसैपटक देखिएको हो । जुन सामान्यतया उनीबाट कमैलाई अपेक्षा थियो ।

राजकाजको अभिभारा नभए पनि राष्ट्रिय राजनीति बाहिरबाट देखिएजस्तो सहज र सरल ढंगको छैन । सत्ता साझेदारमध्ये निर्णायक तहमा रहेका ७९ वर्षीय देउवाले आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा फुर्सदिलो जस्तो भएर गरेको जिल्ला दौडाहालाई अर्थपूर्ण रूपमा हेर्नेहरू धेरै छन् । डडेलधुराबाट निर्वाचन जित्दै सात पटक सांसद र पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा आगामी आमनिर्वाचनमा के गर्लान् भन्ने जनचासोका बीच उनले जिल्ला दौडाहा गरेका हुन् । भेटघाट र कुलपूजाको बहाना भए पनि कार्यकर्ताको मनस्थिति बुझेर आउँदो निर्वाचनमा आफूले के गर्ने भन्ने रणनीति स्वरूप सभापति देउवाको जिल्ला भ्रमणलाई अर्थ्याउनेहरू धेरै छन् ।

उग्रतारा मन्दिरमा पूजाका क्रममा परराष्ट्र मन्त्रीसमेत रहेकी पत्नी आरजु राणा पनि सभापति देउवासँगै थिइन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनअघि आयोजित कतिपय चुनावी सभालाई सम्बोधन गर्दा देउवाले अन्तिम पटक उम्मेदवार भएको बताएका थिए । तर, यस पटकको भ्रमणका क्रममा डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा ‘०८४ को चुनावमा पनि तपाईं नै लड्नु हुन्छ कि ?’ भन्ने प्रश्नमा हँसिलो मुहारमा देउवाको जवाफ थियो, ‘तपाईं भन्नूस्, तपाईं भोट दिने कि नदिने ? दिने भए लड्छु ।’

देउवाको जिल्ला भ्रमणपछि ०८४ को चुनावमा पनि देउवा फेरि अन्तिम पटक भन्दै लड्न तयार हुने बुझाइमा कार्यकर्ता पुगेका छन् । भ्रमणका क्रममा देउवाले सदरमुकाममा पत्रकारको प्रश्नमा दिएको जवाफको अर्थ ०८४ मा पनि उनी आफैं अग्रसर हुने अनुमान हुन थालेको छ ।

कार्यकर्तामाझ यसपटक देउवाको प्रस्तुति उक्त अनुमानलाई बल दिने खालको रहेको कांग्रेस कार्यकर्ता बताउँछन् । पालिका र वडास्तरबाट आएका कार्यकर्तालाई उनले एउटै वाक्य दोहोर्‍याएका थिए । उनी भन्दै थिए, ‘डडेलधुरामा सुरु गरेका तर अधुरा काम चाँडै पूरा हुनेछन् ।’ कांग्रेसका डडेल्धुराकै एक नेताले भने, ‘प्रस्तुति हेर्दा ०८४ को चुनावमा पनि यहाँबाट उहाँ नै लड्ने जस्तो देखें ।’ चुनावका बेलाबाहेक जिल्ला नआउने देउवामाथि सबैभन्दा ठूलो गुनासो हो ।

यसपटकको भ्रमणका क्रममा उक्त आरोपलाई मेटाउन खोजेजस्तो देखिएको ती कार्यकर्ता बताउँछन् । कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद सभापति देउवाको यो भ्रमण भेटघाटका लागि मात्र भएको दाबी गर्छन् । जिल्ला सभापति साउँदले जिल्लामा आएर फुर्सदिलो गरी सबै स्थानीय तह र वडासम्मका कार्यकर्तालाई भेटघाट गरेकामा खुसी व्यक्त गरे । ‘यसपटकको सभापतिको जिल्ला भ्रमण गैरराजनीतिक हो,’ उनले भने ।

शनिबार, मङि्सर ०८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.