• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कञ्चनपुरको पुनर्वासमा पनि राना समुदायमा ‘सावनको डोला’को रौनक

किशोर तामाङ
कञ्चनपुर १९ साउन २०८१
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा ‘सावनको डोला’को रौनक सुरु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि राना समुदायमा ‘सावनको डोला’को रौनक छाएको छ ।

नगर भित्रका रानाथारु समुदायमा साउनको पहिलो सातामैे डोला राखेका हुन् । पुुनर्वासका एघारा गाऊका रानाथारु समुदायले सामुहिक रुपमा पुनर्वास नगरपालिका वडा नं. २ अम्रैयामा ‘सावनको डोला’को औपाचरिक उद्दघाटन गरि शुभारम्भ गरेका छन ।

पुनर्वास नगरस्तरीय भलमन्सा समन्वय समिती द्बारा आयोजित कार्यक्रममा पुनर्वास नगरपालिका का नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख अतिथ्य र उप प्रमुख भुलिय कुमारी रानाको बिशिष्ट अतिथ्यमा वडा नं. २ अम्रैयामा डोला (पिङ) स्थापना गरि सामुहिक रुपमा ‘सावनको डोला’को औपाचरिक उद्दघाटन गरि शुभारम्भ गरिएको छ ।

माइतीलाई भेटन नपाएका दिदीबहिनी यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले वर्षभरिको सुखदुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन् । यो राना थारु समुदायको परम्परागत चलन हो । परम्परागत राना थारु समुदायका महिलाले मनाउने यो पर्व साउन महिनाभरि मनाइने गरिन्छ ।

एक औपाचारिक कार्यक्रमका बिच पुनर्वास नगर स्तरिय भलमन्सा समितिका संयोजक राधेश्याम राना को सभापतित्व रहेको उक्त कार्यक्रममा नगरप्रमुख तोय प्रसाद शर्मा र उपप्रमुख भुलिय कुमारी रानाले सयुक्त रुपमा पानासमा बत्ती बाली ,डोला (पिङ)मा डोली बिधिवत रुपमा ‘सावनको डोला’को उद्दघाटन गरि शुभारम्भ गरिएको थियो । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । ४ वटा काठको खावाँमा डोरीमा काठको फल्याक बाधेर पिङका रूपमा प्रयोग गरिन्छ ।’ यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।

सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारु समुदायले साउन महिनामा घर तथा समूहमा पिङ हालेर खेल्ने र सावनका डोला मनाउने परम्परा छ । तीज सुरु हुनुभन्दा एक महिनाअघिदेखि नै राना समुदायमा ‘सावनको डोला’ को रौनक छाउँछ । परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्दछन् । यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वकारुपमा मनाउने गरिएको राना समुदायका जानकारहरु बताउँछन् ।

पुनर्वास नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राना श्रवणले साउन १ गतेदेखि नै राना गाउँमा सावनको डोला (पिङ) हाल्न सुरु गरेको बताउनुभयो । “हाम्रो समुदायले साउनमा मनाउने गरेको तीज पर्व लामो हुन्छ”, उहाँले भन्नुभयो, “तीजअघि नै हाम्रो समुदायमा सावनको डोला राख्ने चलन छ ।” उहाँले विशेषगरी दिदीबहिनीले पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गरेको जानकारी दिनुभयो ।

संस्कृति बचाउनुपर्छ भन्ने भावना हाल राना थारु समुदायका युवा पिँढीमा रहेकाले यस पर्वलाई जीवित राख्नका लागि प्रत्येक वर्ष गाउँमा सावनको डोला राख्ने कार्य गर्दै आएका छन् । संस्कृती संरक्षणका लागी राना थारु समाजले पनि उल्लेख्य काम गर्दै आएको राना थारु उत्थान मञ्चका सस्थापक अध्यक्ष धोके रानाले बताउनुभयो “हामीले हाम्रो संस्कृती बारे स्थानिय तहका प्रमुख उप प्रमुखहरुलाई जानकारी दिने र संरक्षणका लागी लाग्न आग्रह गर्ने गरेका छौँ ।

“राना समुदायका पर्वहरु पुस्तान्तरण हुन सकेका छैनन”, राना थारु उत्थान मञ्चका सचिव तिर्थाराज रानाले भन्नुभयो, “बदलिँदो समयसँगै हाम्रा पर्व पनि लोप हुन थालेका छन् ।” उहाँले अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको बताउनुभयो । “अहिलेका युवालाई यसप्रति चासो छैन, धेरै रोजगारीका लागि बाहिर छन्, एक महिनासम्म मनाउने यो पर्व कम थालेको छ”, उहाँले भन्नुभयो, “हाम्रा परम्पराहरु अन्य समुदायको भन्दा पृथक छन्, यसको पुस्तान्तरण हुनु जरुरी छ ।

राना समुदायका महिलाले दाजुभाइ र भतिजाको दीर्घायुका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहेको पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिय कुमारी रानाले बताउनुभयो । “हामी साउन महिनाभर सावनकी डोला मनाउँछौँ”, उपप्रमुख रानाले भन्नुभयो, “सावनकी डोलामा दिदीबहिनी तथा साथीभाइसँग रमाइलो हुन्छ ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायमा तीज पर्व आउन एक महिनाअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने र तीज पर्व मनाउने चलन रहेको उहाँले बताउनुभयो ।

नगर प्रमुख तोय प्रसाद शर्माले ” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्परागत मान्यता नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको अवस्थामा स्थानिय सरकार आएपछि सबै जातजातीको संस्कृती संरक्षणमा जोड दिएको दावी गर्दै सबै जातजाती मिलेर बसेको समाजमा सबैको संस्कृती संरक्षण गर्ने दायित्व सरकारको भएका कारण संरक्षणका लागी पहल गर्ने नगर प्रमुख शमौले प्रतिबद्धाता ब्यक्त गर्नुभएको थियो ।

यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्त्व दिइने गरिएको पुनर्वास २ की बतासो कुमारी रानाले बताइन । उनले भनिन् “दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामना गरी यस अवसरमा तिज मनाउने गर्दछन् ।

निरहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।” यस अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ । तीजका अवसरमा महिलाले घंघरिया, अंगिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन् । कैलाली र कञ्चनपुरमा मात्रै बसोवास भएका राना समुदायको यो महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ ।

गडरौंदा जातको घाँसमा विवाहिताले ७ गाँठा र अविवाहितले ५ गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्तीसँगै विर्सजन गर्ने चलन रहेको छ । विर्सजन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धारजस्तै दाजुभाइको आयु बढोस् भनी बरदान माग्ने गर्दछन् ।

जति टाढा घाँस बगेर जान्छ त्यति बढीनै दाजुभाइको आयु बढ्ने विश्वास यस सामुदायमा रहेको छ । ‘विर्सजन गर्न जाने बेला गाउँका युवाले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हस्यौली ठट्यौली र मनोरञ्जन लिने गर्दछन्,’ । साउनको शुक्ल तृतीयाका दिन यस पर्वको विधिवत्रुपमा समापन गर्ने गरिन्छ ।

शनिबार, साउन १९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.