धनगढी, १ पुस/सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि धनगढी शाखाले मृत्युु दावी रकम परिवारलाई हस्तान्तारण गरेको छ । बैतडीको शिवनाथगापा.वडा न. १ का मृतक रुमालदेवी चाडको मृत्युु दावी रकम उनको ससुरा विरमान चाडलाई चेक हस्तांतारण गरेको हो ।
मृतक चाडको साविकको सानिमा लाइफ इन्स्योरेन्समा २ लाखको जीवन वीमा गरेका थिए। मृत्यू भएपछि बिमितको बिमालाभ बाफतको रकम दुई लाख १६ हजार पाँच सय सानिमा रिलायन्स लाइफ लि कम्पनीका प्रदेश प्रमुख गणेशप्रसाद उप्रेतीले चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा एरिया म्यानेजर हेमन्तबहुदर सिंह, शाखा प्रमुख विद्दकुमारी सिंह ताथ कर्मचारी वरिष्ठ ऐजन्सी म्यानेजर विरेन्द्रसिंह चाडको उपास्थिती थियो ।