धनगढी, २५ असोज/नेपाल उद्योग बाणिज्य महासंघ, सुदूरपश्चिम प्रदेश समितिले बझाङका भुकम्प पिडितलाई सात लाख बराबरको राहत सामग्री पठाएका छन् ।
असोज १६ गते बझाङमा गएको बिनासकारी भुकम्पबाट पिडित परिवारहरुको सहयोगका लागि प्रदेश अध्यक्ष शंकरबहादुर बोगटीको पहलमा निजि क्षेत्रले समाजिक उत्तरदायित्वका बहन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग बाणिज्य महासंघ,सुदुरपश्चिम प्रदेश, कैलाली उद्योग बाणिज्य संघबाट संकलित ७ लाख बराबरको सामाग्री बुधबार पठाएको नेपाल उद्योग बाणिज्य महासंघ, सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष अनिलकुमार भोजानियाले जानकारी दिएका छन् ।
उक्त राहत सामग्री नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुवंर, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्षद्वाय मदनराज पन्त, अनिलकुमार भोजनिया र कार्यकारी निर्देशक ज्योती भट्टले संयुक्त रुपमा बुधबार एक कार्यक्रमको कार्य क्रम गरी बझाङ उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र खड्कलाई हस्तान्तरण गरि बझाङ पठाइएको छ । उद्योग बाणिज्य संघले २५० थान त्रिपाल, १६५ बोरा चामल, २५ बोरा चिउरा र स्वायबिन ३० बोरा बझाङ पठाएको हो ।