डोटी, १६ भाद्र / बडिकेदार गाउँ पालिको व्यावसायिक केन्द्र केन्द्र बिन्दु बिपिनगरमा होटेल विकास पुन सन्चालनमा आएको छ ।
धनगढी को बस पार्कमा मा होटेल सुभ प्रारम्भ सन्चालन गर्दै आएका मनोज देउबाले होटेल सन्चालनमा ल्यायका हुन ।
आफ्नै जन्मभुमि मा ब्यबसाय गर्ने हेतुले होटेल ब्यबसाय मा लागेको वहाले बतायएका छन
लज्जरियस कोठा तालिम हल सहित बारको पनि सुबिधा रहेको होटेलमा स्थानिय अर्गानिक खाना का साथै कर्नासा नदिका माछा पनि उपलब्ध रहेका छन ।
आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना रहेको बिपिनगर पुरानो बजारको रुपमा चिरपरिचित स्थान हो ।
भिम दत्त राजमार्ग को सहजपुरबाट १८ किमि पर्ने उक्त स्थान धनगढी बाट दिपायल फास्टट्राक भित्र पर्दछ ।
