काठमाण्डौ/आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६००, तेजावी सुनको मूल्य एक लाख एक हजार ९०० र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन एक लाख ९ हजार ४०० र तेजावी सुन एक लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै हिजो १ हजार ३७० रुपैयाँ प्रतितोलामा चाँदीको खरिद बिक्री भएको थियो ।
