डोटी १६ फागुन/ कृषि पत्रकार महासंघ डोटी शाखाको अध्यक्षमा पत्रकार गणेश मौनी चयन भएका छन् । मंगलबार डोटीमा आयोजना गरेको पत्रकारहरुको भेलाले अध्यक्षमा गणेश मौनीलाई सहित ११ सदस्यीय कार्यसमिति चयन गरेका हुन् । अन्य उपाध्यक्षमा शरिता कठायत र धन बहादुर बोहरा, सचिबमा कृष्ण बहादुर चन्द, कोषाध्यक्षमा राज पार्कि, सह सचिबमा ईन्द्र शाही र भरत बम चयन भएका हुन भने सदस्यहरुमा दिपेन्द्र खड्का, मिना जोरा र दिनेश जोशी चयन भएका छन् ।
मंगलबानर चयन भएको समितिले पहीलो बैठक बसी कृषि क्षेत्रलाई प्रचार प्रसारको माध्ययमबाट प्रवद्र्धन र बिकास गर्न सहयोग गर्नुका साथै सबै निकायहरु संग समन्वय तथा सहकार्य गरि अघाडी बढ्ने निर्णय गरेको अध्यक्ष मौनीले बताए । नेपाल पत्रकार महासंघ डोटी शाखाका पूर्ब सचिब समेत रहेका पत्रकार मौनी सामुदायीक रेडियो बडीकेदारका प्रवन्ध निर्देशक रहेका छन् ।
कृषि पत्रकार महासंघ नेपाल सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष हिमेश बिकको अध्यक्षतामा भएको भेलाको उद्घाटन सत्रमा कृषि पत्रकार महासंघ नेपाल सुदुरपश्चिम प्रदेश समितिका पदाधीकारीहरु, डोटी जिल्ला स्थित सरकारी, गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधी, नागरिक समाज, पत्रकारहरुको सहभागिता रहेको थियो ।