• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

समन्वय नहुँदा शिक्षक अन्योलमा

धनगढी । दुई सरकारी निकायबीच समन्वय नहुँदा शिक्षक र विद्यार्थीका परीक्षा एकै समयमा पर्ने भएका छन् । त्यसले गर्दा विद्यार्थी र शिक्षक दुवैको परीक्षामा असहज अवस्था सिर्जना हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १७ गतेदेखि कक्षा १० का विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालन गर्दैछ । त्यसको भोलिपल्ट अर्थात् चैत १८ गते शनिबार शिक्षक सेवा आयोगले पनि माध्यमिक तहमा स्थायी शिक्षक नियुक्तिका लागि लिखित परीक्षा सञ्चालन गर्दैछ ।

दुईथरी परीक्षा एकै समयमा सञ्चालन हुने भएपछि शिक्षकहरू दोधारमा परेका छन् । विद्यार्थीको परीक्षा सञ्चालनमा जुट्ने कि आफ्नै परीक्षाको तयारीमा लाग्ने अन्योल उनीहरूमा छ । एसईई परीक्षा सञ्चालनको मुख्य जिम्मेवारी शिक्षककै हुन्छ । परीक्षाको केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, परीक्षा निरीक्षक, प्रश्नपत्र तथा उत्तरपुस्तिका वितरण र सङ्कलनको काम पनि शिक्षककै हुन्छ । त्यसका लागि परीक्षा हुनुभन्दा एक साताअघि नै शिक्षक तयारीमा लाग्नुपर्ने हुन्छ ।

“विद्यार्थीको भविष्यसँग जोडिएको एसईईलाई राम्रो वातावरणमा सञ्चालन गर्नेतर्फ लाग्ने कि आफ्नै भविष्यको गोरेटो निर्धारण गर्ने स्थायी शिक्षक नियुक्तिसम्बन्धी परीक्षामा लाग्ने रु” काठमाडौँका एक सामुदायिक विद्यालयका शिक्षकले गुनासो गर्दै भने । दुवै परीक्षा उत्तिकै महत्वपूर्ण भएकाले परीक्षा बोर्ड र आयोगले एकापसमा छलफल गरेर दुईमध्ये एउटा परीक्षा स्थगित गर्नुपर्छ ।”

तनावबीच सञ्चालन हुने भएकाले दुवै परीक्षा मर्यादित र स्वच्छ रूपमा सञ्चालन गर्न कठिन हुने शिक्षकहरूको भनाइ छ । शिक्षक सेवा आयोगले माध्यमिक तहतर्फ स्थायी शिक्षक नियुक्तिका लागि चैत १८ गतेका लागि परीक्षा बोर्डको निर्णय हुनुअघि नै परीक्षा तालिका सार्वजनिक गरेको जनाएको छ ।

आयोगका प्रशासकीय अधिकृत केशव दाहालले भने, “शिक्षकका परीक्षासँग नजुध्ने गरी परीक्षा तालिका निर्धारण गर्न हामीले बोर्डलाई पहिले नै अनुरोध गरेका थियौँ तर बोर्डले चैत १८ गतेबाट सुरु हुने गरी परीक्षा तोक्यो ।” शिक्षकका परीक्षा शनिबार सञ्चालन हुने भएका कारण खासै समस्या नहुने पनि उनले दाबी गरे।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले आफूहरूको शैक्षिक पात्रोअनुसार नै एसईईको तालिका निर्धारण गरिएको बताए । एसईई विद्यालय तहका विद्यार्थीका लागि निकै नै महत्वपूर्ण परीक्षा भएको र धेरैको चासो पनि रहेकाले परीक्षाको मिति तलमाथि हुन नसक्ने उनले बताए ।

“शिक्षकका परीक्षा शनिबार पर्ने भएकाले खासै ठूलो समस्या पर्दैन होला” उनले भने, “फेरि एसईईमा माध्यमिक तहको परीक्षा दिने सबै शिक्षकलाई खटाउनु पनि पर्दैन । सारै नै समस्या पर्ने गरी शिक्षकबाट गुनासा आए भने छलफल गरेर सहजीकरण गर्न सकिन्छ ।” एसईई चैत १७ गते सुरु भएर चैत २९ गते सकिन्छ ।

आइतबार, फागुन १४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने
सुदूरपश्चिमसहित तीन दिन देशभर वर्षाको सम्भावना, सर्तक रहन आग्रह

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.