धनगढी १९ माघ/नेपाल समाजवादी पार्टिका केन्द्रीय सदस्य राजाराम चौधरी माथि ८ लाख लिएर ६ वर्ष देखि गायब भएको आरोप लागेको छ । भजनी नगरपालिका ६ बिसनपुरका भल्मन्सा समेत रहेका राजाराम चौधरी ८ लाख बढी रुपैयाँ सापटी मागेर ५ वर्ष देखि गायब भएको धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने कमला पाल र बबिता चौधरीले आरोप लगाएका हुन् ।
‘हसनपुरमा बस्ने हाम्रो छिमेकी राजाराम चौधरी भन्ने मान्छेलाई २०७३ सालमा मैले रु ५ लाख पैसा दिए त्यति बेला मैले आफ्नो घर बेचेको पैसा केही व्यक्तिहरूको साँचीमा उनलाई दिए । उनी इज्जतदार देखिन्थे, युएनमा जागिरको साथै एउटा सो रुम पनि थियो गाउँमा घर र जमिन पनि थियो । उनलाई आर्थिक समस्या परेको थियो । उनले मलाई भने म्याडम अहिले मलाई सारै गारो परेको छ । मलाई १ महिनाको लागी जसरी भए पनि सहयोग गरिदिनु म एक महिना पछि हजुरको पैसा ब्याजसहित बुझाइदिन्छु । मैले पनि राम्रै मान्छे ठानेर ठिकै छ १ महिनाको मात्रै त हो १ महिनापछि दिइहाल्नुहोला भनेर रु ३ लाख नगद दिए । उनी फेरी आए ,मैले फेरी २ लाख दिए । ब्याज दिएनी ठिकै छ नदिए नि ठिकै छ छिमेकी हुन् सोचे ,साक्षीको लागी हामी ३—४ जना अगाडी नै छौ उहाँको श्रीमती गीता डगौरा पनि आउनुभएको थियो । उहाँ पनि हाम्रो साथी हुनुहुन्थ्यो । पैसा फिर्ता दिन्छु भनेको महिनौँ बित्यो भोलि भोलि भनेर टार्दै गए, धेरै चोटि भेट्यौ कुरा गर्यौ पैसा फिर्ता गरेनन्’ ।
‘भोली भन्दा भन्दा आज आएर ५—६ वर्ष बित्दा पनि रुपैयाँ दिएको छैन । मैले मेरो प्रहरी साथी संग पनि मद्दत लिए चौधरी सम्पर्कमा आए त्यसपछि मलाई चेक दियो तर खातामा पैसा नै थिएन चेक बाउन्स गर्दा मुद्दा गर्न सकिन्छ भन्ने मलाई थाहा थिएन । त्यसपछि पनि प्रहरीलाई बारम्बार भने तर केही भएन । चेक दिएको ५—६ वर्ष भयो अब मुद्दा गर्न सकिदैन उनले फोन कहिले उठाउँदैनन् । उनले पैसा खाएका मध्ये कसैको पनि फोन नै उठाउँदैनन् ‘। हसनपुर ५ की कमला पालले भनिन् । उनले ६—७ जनाको पैसा खाएको हामीले पछि नै थाहा पाएका छौ । एक दुई महिनामा मेरो काम हुने बित्तिकै दिन्छु अलि(अलि ब्याज पनि दिन्छु भन्दै ठगेको छ ।
हसनपुर ५ कै बबिता चौधरीलाई पनि राजाराम ठगेर बेपत्ता छन् बबिता भन्छिन् , ‘२०७२ माघ १ गते पैसा दिए । मैले चाही राजा चौधरीको बुढीलाई दिएकी थिए । मलाइ जसरी भए पनि बनाइदे काम चलाइदे भनी ठिक छ साथीको नाताले जसरी दिएकी छु ,त्यसरी दिनु म सँग पैसा छैन म भाडामा बस्छु म समूह देखी झिकेर दिन सक्छु भनेर माघ १ गते समूह थियो त्यहीबाट पैसा मागेर सबै साथीहरूले काम परेको छ ल त पैसा भनेर ३ जना विष्णु कमलाको साक्षी राखेर ल मैले जसरी दिए त्यसरी फिर्ता दिनु है भन्दा हुन्छ भनिन् ‘ त्यसैले दिएकी थिए ।
चेकहरूमा सबै राजाराम चौधरीको हस्ताक्षर छ । एउटा २ लाखको चेकमा चैँ उसको श्रीमती गीता डगौराको हस्ताक्षर छ । समयमा हामे बुद्धि पलाएन यति ढिलो, आफ्नो दुख पोख्न आएका हौ उनीहरूले भने ।उक्त दुई जना पीडितहरूले अन्य धेरै सँग रकम मागेर नदिएको समेत बताएका छन् । चौधरी युएनको अनमिन मा समेत जागिरे भइसकेको खुलेको छ । यसबारे चौधरी संग बुझ्न खोज्दा चौधरीका दुईवटा मोबाईल नम्बर मध्ये ९८५७०४९८७७ नम्बरको फोन उठेन भने अर्को ९८५११२५३८४ मा सम्र्पक हुन सकेन ।