चितवन, १८ असोज । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेज (सीएमसी)मा तोडफोड भएको छ । भरतपुर–१३ का ३६ वर्षीय रमेश कुवँरको उपचारको गएराति क्रममा अस्पतालमा मृत्यु भएपछि आक्रोशित बनेका आफन्तहरूले आज अस्पतालमा तोडफोड गरेका हुन् ।
उनीहरूले अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मै गएर तोडफोड गरेको अस्पतालले जनाएको छ । तोडफोडबाट झ्यालको सिसा, ढोकासहितका सामग्रीमा क्षति पुगेको छ ।अहिले भने अस्पताल परिसर शान्त छ ।
सम्भावित दुर्दघटना हुन नदिन प्रहरी पनि परिचालन गरिएको छ ।तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले एक दर्जनलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।
