धनगढी, ७ असोज । धनगढीमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याएको १ लाख बढीको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली मातहतमा खटिएको गस्ति टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुर ईलाकाबाट भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएका १ लाख ६ हजार चालिस मुल्य बराबरको सामग्री बरामद गरेको ३४ गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए ।
राजपुर ईलाकाबाट नेपाल भिर्याउदै गरेका लत्ताकपडा, सुर्ति र बिडी बरामद गरी आवश्यक कारवाहीका लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको ३४ गण हेडक्वाटर प्रमुख सिंहले बताए ।