कञ्चनपुर, २ असोज । कञ्चनपुरमा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका ५ की १६ वर्षीय प्रेमवती रानाको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो।
पुनर्वासकै सिमरी खोलामा आइतबार दिउँसो माछा मार्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।