धनगढी, १ असोज/अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुने सनाखत भएको छ । अहिले मृत्यु हुनेको संख्या २२ पुगेको छ । अछामको तिनै पालिकामा गरी मुत्यू हुनेको संख्याया २२ पुगेको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले जानकारी दिए ।
ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षिया जानकी शाही, सोही गाउँपालिकाका १७ बर्षिय बिमला शाही, ४५ बर्षिय नेत्र शाही, ३६ बर्षिय मनिषा शाही, १७ बर्षिय कल्पना शाही, १३ बर्षिय सुन्दर शाही, १ बर्षिय मेनिका शाही, ३ बर्षिय कल्पना शाही, २१ बर्षिय भावना शाही र कमलबजार नगरपालिका ६ बस्ने ३० बर्षिय अमृता कामी, १७ बर्षिय समिता कामी, २१ बर्षिय अर्धना कामी, ९बर्षिय निखिल कामी, ३६ बर्षिय मैनकला कामी, १५ बर्षिय गिता कामी, १२ बर्षिय सिरु कामी यस्तै कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने २६ बर्षिय गम्भीर दमाई, बस्ने २३ बर्षिय भाना दमाई, ६ बर्षिय डिग्रा दमाई, ३ बर्षीय कलु दमाई, ४ बर्षिय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
यसैगरी घाइते हुनेमा ढकारी गाउपालिका ६ बस्ने ६२ बर्षिय हर्क वुढा,२१ बर्षिय चन्द्र देवि बुढा, १२ बर्षिय घर्म बुढा र कमलबजार नगरपालिका ६ बस्ने ८५ बर्षिय भक्त कामी, ४२ बर्षिय ईन्द्र सिह कामी, १२ बर्षिय कल्पना कामी, १२ बर्षिय ममता कामी, १० बर्षिय शुसिल कामी, २ बर्षिय सफलता कामी, ३८ बर्षिय डिक्रा कामी र कमलबजार नगरपालिका ६ बस्ने ६५ बर्षिय खटी दमाई रहेको उनले बताए । यस्तै बेपत्ता ११ जना रहेको जनाईएको छ ।