धनगढी, १ असोज । अछाममा पहिरो परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । पहिरोका पुरिएका १५ शव निकालिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । मृत्यु हुनेको संख्या सबैभन्दा बढी कमलबजार नरगपालिकाका रहेको छ ।
कमलबजार नगरपालिका ६ ठाँटीखाँदमा ७ जना, वडा नं. ८ मा ५ जना गरी १२ जनाको मृत्यु भएको छ । यस्तै तुर्माखाँद गाँउपालिकामा ५ मा २ जना र ढकारी गाँउपालिका ६ मा एकजनाको शब भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
पहिरोमा परेका ८ जनाको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी कार्य जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । बेपत्ता हुनेमा तुर्माखाँद गाँउपालिकाका ७ जना र ढकारी गाँउपालिकाका एक जना रहेका छन् । तुर्माखादँमा पहिरोले २ घर पुरिएका छन् भने कलबजारमा २ घर र ढकारीमा एक घर पुरिएको छ ।