धनगढी, २९ भदौ । कैलालीको धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने २४ वर्षीय विशाल थापालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।
बझाङको छविस पाथिभरा गाउँपालिका–४ घर भएका उनी धनगढीमा डेरा गरी बस्दै आएका छन्। उनको साथमा मंगलबार राति ७ ग्राम २६० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ।