धनगढी, २९ भदौ । बाजुरामा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको बुढीगंगा नगरपालिका–९ का ५९ वर्षीय पुरन सेराला भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।
मंगलबार दिउँसो गाउँ नजिकैको मेलडाडा जंगलमा गोरु चराइरहेका बेला उनीमाथि भालुले आक्रमण गरेको बताइएको छ ।
उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको स्थानीय कृष्ण सेरालाले बताए ।उनको टाउको, छाति र खुट्टामा चोट लागेको बताइएको छ।