धनगढी, १० चैत/धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा बाख्रा पालन तालिम सुरु भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा पाँच दिने तालिम सुरु भएको हो ।
१४ गतेसम आयोजना हुने तालिमको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले उद्घाटन गरे । तालिममा ३० जना महिलाको सहभागिता रहेको छ । तालिमको उद्घाटन समारोह वडा अध्यक्ष माधव रानाको अध्यक्षतामा भएको थियो ।