काठमाडौँ, १७ फागुन । सुनको मूल्यमा आएको छ। सोमबारको तुलनामा आज प्रतितोला ६ सय रुपैयाँ घटेको हो।छापावाला सुन सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज ९७ हजार ६ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम भएको छ।चाँदीको मूल्यमा समेत गिरावट आएको महासंघले जनाएको छ।
सोमबार १३४० रुपैयाँ प्रतितोला कारोबार भएकोमा आज १३३५ रुपैयाँमा कारोबार भएको हो।