काठमाडौँ, २५ माघ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
सुनको भाउ सोमबार पनि बढेको थियो। यससँगै छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा तोलाको ५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १२६० रुपैयाँमा कारोबार भइरहेको छ ।