काठमाडौं, २१ पुस ।नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएकोमा बुधबार ६०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि बुधबार तोलामा १० रुपैयाँले बढेर एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।