बाजुरा/ कोरोना महामारीका बेला सरकारले जारी गरेको निषेधाज्ञाको मौका छोपी जसवातास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाजुराले सोमबार राति ६ जना जुवाडे पक्राउ गरेको छ ।
मार्तडी बजारको तुफान डाडामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन । विशेष सुराकीको आधारमा उनीहरुलाई तुफानडाडाबाट नगद ९८ हजार तीन सय २५ रुपैया सहित ६ जना पक्राउ परेका प्रहरी निरीक्षक साउँदले टुडेलाई बताएका छन ।
उनीहरु सबै मार्तडीका व्यापारीहरु रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जुवातास खेल्ने क्रममा पक्राउ परेका ६ जनालाई जुवा ऐन सम्बन्धी कानुनी कारबाही गरिने तयारी प्रहरीले थालेको छ । महामारीका बेला जुवातास खेल्ने र समाजमा विकृति फैलाउनेलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाही गर्ने गरेको छ ।