• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

असार १ गतेदेखि बैंकहरु आवश्यकता अनुसार सञ्चालन हुने

काठमाडौं । असार १ गतेदेखि बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार शाखा कार्यालय सञ्चालन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यसअघिसम्म गरिएका निर्देशन खारेज गर्दै आवश्यकता अनुसार शाखा सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।केन्द्रिय बैंकले सोमबार एक सूचना जारी गर्दै बैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज भएको उल्लेख गरेको छ । यस अघिको सो प्रवधान अनुसार बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रिय कार्यलय बाहेक उपत्यका ३ जिल्ला ५ वटा शाखा वटा र उपत्यका बाहिर स्थानिय प्रशासनको निर्देशन अनुसार शाखा सञ्चालन गरिरहेका थिए ।

सीमित शाखाबाट मात्र सेवा दिँदा ग्राहकको भिड बढ्न गएको हुँदा कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरी आवश्यकता अनुसार शाखा सञ्चालन गर्न पाइने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।‘सीमित शाखा खुल्ला गरी सेवा दिँदा ग्राहकहरुको भिड अत्याधिक हुने देखियो, जसले गर्दा कोभिड संक्रमण झन बढ्ने हुन्छ,’ उनले भने, ‘जसले गर्दा आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थाले आलोपालोमा न्यूनतम शाखा सञ्चालन गरी सेवा दिन भनिएको हो ।’

बैंक तथा वित्तीय संस्थाले शाखा सञ्चालन गर्न स्थानिय प्रशासनसँग समन्यव गरी सञ्चालन गर्नु पर्ने उनले जानकारी दिए । शाखा कार्यलयमा आवश्यकता अनुसार कर्मचारी उपस्थीति हुन सक्ने छन् भने, केन्द्रिय कार्यलयको हकमा भने एक तिहाइ कर्मचारी मात्र उपस्थित गराइ बैंकिङ सेवा सुचारु गर्नु पर्ने उनले बताए ।

जारी सुचना अनुसार बैंक तथा वित्तीय संस्थाले शाखा सञ्चालन गर्दा जनशक्ति तथा सेवाग्राहीमा संक्रमण जोखिम न्यूनिकरणको आवश्यक उपायहरु अबलम्वन गर्नुपर्ने छ । व्यवसायिक निरन्तरता दिँदै सकेसम्म प्रविधिको प्रयोग गर्दै भर्चुअल कार्यसम्पादन र वर्क फर्म होमलाई जोड दिनु पर्ने छ ।

साथै, विद्यिुतिय बैंकिङ कारोबारलाई प्रोत्साहन गर्दै कारोबार गर्नु पर्ने छ । सञ्चालन हुने र बन्द हुने शाखाको जानकारी बैंक तथा वित्तीय संस्थाले आफ्नो वेव साइट, शाखा कार्यलयको मुल ढोका तथा सामाजिक सञ्जालमा समेत राख्नु पर्ने छ ।

सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.