• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बाजुरामा वर्षा, दुईजना वेपत्ता, एक घर भत्कियो, राजमार्ग अवरुद्ध

बाजुरा ३१ जेठ/बाजुराको बुढीनन्दानगरपालिका ३ की एक महिलालाई खोलाले बगाउँदा बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका ३ का मनबहादुर लुहारकी ३५ वर्षीया श्रीमती मोतीकला लुहार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिएका छन् । सोमबार बिहान धानको बेर्ना गोढ्न जाने क्रममा चिप्लिएर बड्डीगाड खोलाले बगाएपछि मोतीकला बेपत्ता भएकी हुन ।

बेपत्ता महिलाको खोजीकार्य भइरहको प्रहरी निरीक्षक साउदले बताए। त्यसैगरी त्रिबेणी नगरपालिका ५ कम्नीमा एक ११ वर्षीय बालक बेपत्ता भएका छन्। लगाताको वर्षाका कारण गाउँनजिकैको भलखोला उर्लेर आएपछि हेर्न जाने क्रममा घुर्या बुढाका अन्दाजी १०र११ वर्षीय छोरा वेपत्ता भएको त्रिवेणी नगरपालिका प्रवक्ता प्रेम थापाले जानकारी दिए।

घटनास्थलमा प्रहरी टोली गएको छ । टेलिफोन अवरुद्धका कारण प्रहरी टोलीसमेत सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस्तै वर्षात् बुढीनन्दानगरपालिका ८ मा एक घर भत्किएको छ । स्थानीय खेमराज कठायतको घरको छानो भत्किएको प्रहरीले जानकारी दिएको छ । घर भत्किएको तर अन्य मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धनदेव साउँदले जानकारी दिएका छन् । घटनास्थलमा प्रहरी पुगिसकेको र पीडित परिवारलाई नजिकै आफन्तकोमा व्यवस्थापन गरिएको प्रहरीले जानकारी दिएको छ ।

लगातारको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने मुख्य साफेमार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्र्तगत बार्जुगाडी, ताँप्रीसेरा, बल्दे, द्धारी, तिपाडा लगाय तदर्जनौं ठाउँमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।बार्जुगाडा सडकमा पहिरो गएको छ। ताप्रीसेरामा बुढीगंगा नदीले सडक बगाएर सडक भएको ठाउँमा नदी बग्न थालेको छ । सडकमा नदी बग्न थालेपछि पदैल यात्रीलाई समेत एक घण्टाको उकालो चढेर पैदलयात्रा गर्न वाध्य छन्। लगातार पानी परिरहेकाले सडक तत्काल खोल्न नसकिने सडक डिभिजनले जानकारी दिएको छ ।

त्यस्तै बाजुराको पूर्वी उत्तरी क्षेत्र जोड्ने कार्तडी कोल्टि सडक अवरुद्ध भएको छ । बाउली, अनाई, दानसागुलगायत खोलामा पानीको बहाव बढेको छ। सडक ठाउँ ठाउँमा भासिएकाले अबरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम तथा जिल्ला बाहिर जान समेत स्थानीयलाई समस्या भएको छ ।

सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.