धनगढी : कैलालीको गेटामा निमार्णाधिन होल्डिङ सेन्टर र आइसोलेसनको लागी अब प्रदेश सरकारले सहयोग गर्ने भएको छ । प्रदेशको सामाजिक बिकास मन्त्रालयले त्यहाँ आवश्यक जनशक्ती करारमा भर्ना गर्ने भएको हो ।
प्रदेशको सामाजिक बिकास मन्त्रालयको मन्त्रीस्तरिय निर्णयले २० जना स्वास्थकर्मीलाई खटाउने निर्णय भएको मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. जगदीश जोशीले जानकारी दिए ।
जनशक्ती ब्यबस्थापनको लागी बजेट पनि मन्त्रालयले ब्यबस्थापन गर्ने भएको छ । गेटा आसोलेसनको लागी मन्त्रालयले २ जना बिषेशज्ञ चिकित्सक , २जना मेडिकल अफिसर , २ जना हेल्थ असिसटेन्ट , २ जना अहेब , २ जना अनमी , २ जना ल्याब टेकिनिसियन र ३ जना सरसफाई कर्मी गरी २० जनालाई खटाउने भएको हो ।
केन्द्र सरकार र प्रदेश सरकारको आबश्यक समन्वय नहुँदा गेटामा निर्माणाधिन होल्डिङ सेन्टर र आइसोलेसनको काम अलपत्र पर्दै आएको छ । यो निर्णय संगै अब काम अगाडी बढने सम्भाबना रहेको छ ।
