किशोर तमाङ्ग/पुनर्वास: कन्चनपुरको दक्षिणी भेग क्षेत्रनँ १ का ४ स्थानीय तहले सयुक्त रूपमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाको सक्रियता र पहलमा आज बसेको बेलौरि , पुर्नवास , लालझाडि , बेलडाडिका प्रमुखहरुको सयुक्त बैठकबाट आक्सिजन प्लान्ट जडान गर्ने निर्णय भएको हो ।
अक्सिजनको अभाव र बढ्दो कोरोना महामारीको जोखिमबाट जनताको जीवन रक्षा गर्न चारैवटा स्थानीयतहले बजेट बिनियोजन गरि सयुक्त रुपमा अक्सिजन प्लान्ट जडान गर्ने भएका छन् ।
आक्सिजन प्लान्ट निर्माणका लागि २ करोडको अनुमानित बजेट बिनियोजन गरि निर्माण थालिने पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले बताए । ।
उक्त प्लान्टबाट प्रत्येक दिन ७५ वटा सिलण्डर भर्न सकिनेछ ।
