धनगढी, ३ जेठ/धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि धनगढी उपमहानगरपालिका कर्मचारी र जनप्रतिनिधीहरुले पनि तिन लाख ५० हजार आठ सय ९३ आर्थिक सहयोग गरेका छन् ।सोमबार धनगढी उपमहानगरपालिका कर्मचारी र जनप्रतिनिधीहरुले रकम जम्मा गरेर तिन लाख ५० हजार आठ सय ९३ रकम धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनीहरुले आर्थिक सहयोग गरेको धनगढी उपमहानगरपालिकाका अ.ले.प. अधिकृत लेखनाथ ओझाले जानकारी दिए ।
सामाजिक उत्तरदाईको सबैको हो भन्ने जिम्मेबारी बोध गराउन सन्देश दिनका लागि समेत धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उक्त रकम उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा जम्मा गरेका हुन् । यस्तो महाबिपत्तीमा सबैलाई आफ्नो क्षेत्रमा सहयोगका लागि सबै क्षेत्रबाट एक जुट हुन समेत अधिकृत ओझाले आह्वान गरेका छन् ।