लिलाजङ्ग शाही/बौनिया: कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोगी हातहरु नामक सँस्थाले आज बर्दगोरियाको दोदोधरा स्वास्थय चौकिलाइ अक्सिजन सिलिन्डरका लागि ३५ हजार आर्थिक सहयोग गरेकोछ।
सँस्थाका अध्यक्ष खडानन्द सापकोटा ,कोषयक्ष ललिता जोशी भट्ट ,सचीव टेकराज कठायतले ,नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमिति सभापति गणेश शाही लगायतको रोहवरमा स्वास्थ शाखा प्रमुख कृष्ण देव जोशीलाइ उक्त रकम हस्तान्तरण गरिएको हो ।
साथै उक्त अभियानलाई सफल पार्न नेपाल शिक्षक संघ बर्दगोरियाका अध्यक्ष चक्रबहादुर शाहीले १२ हजार ५ सय रूपैया र नेपाल स्वास्थकर्मी संघ कैलालीका अध्यक्ष कृष्ण देव जोशीले ५ हजार सहयोग हस्तान्तरण गरेका छन् ।
यस्तै नेपाली काङ्ग्रेस महासमिति सदस्य कमल बहादुर शाहले बर्दगोरिया गाउपालिकामा कोरोना संक्रमण भएका बिरामीलाई अस्पताल सम्म ल्याउन से १ प २३०६ र ३१८५ नम्बर निशुल्क अटो एम्बुलेन्स सेवा संचालन गरेका छन् ।
